वैशाख ६ गते २०८२
06:13: AM
वैशाख ६ गते २०८२
06:13: AM

सिदिङवामा तेक्वान्दो संघ गठन

असार ३२ गते २०८१
7:58 am
Author Avatar
फक्ताङलुङ दर्पण

ओमेन्सा राई/साब्लाखु
ताप्लेजुङको सिदिङवा गाउँपालिकामा आईटीएफ तेक्वान्दो संघ गठन गरिएको छ । तेक्वान्दो खेलालाई विकास गर्ने उदेश्यले गाउँपालिकामा गठन गरिएको आईटीएफका केन्द्रीय अध्यक्ष प्रविण कुमार कार्कीले बताउनुभयो ।
सिदिङवा गाउँपालिकामा नेपाल तेक्वान्दो संघ आईतवार भएको भेलाले डेनि तामाङको अध्यक्षतामा १३ कार्य समिति गठन गरेको हो । आईटीएफ तेक्वान्दो संघ समितिको उपाध्यक्षमा गौरिमान लिम्बू र सचिवमा दावा किर्पा शेर्पा रहेका छन् । सह–सचिवमा आयन्द्र लिम्बू ,कोषाध्यक्षमा सरिता लिम्बू रहेका छन । त्यस्तै सदस्यहरुमा अनिता राई,सुनिता ईजम ,शिव तोलाङगि,सुबास थेबे, केशब पौडेल,प्रताप लिम्बू,कोकिल राई,मनोज कार्की चयन गरेको समितिले जानएको छ । सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि सिदिङवा गाउँपालिका अध्यक्ष मान बहादुर राईले खेलकुदले मानिसको शारिरीक विकासमा सहयोग पुग्ने चर्चा गर्दै आयआर्जनमा समेत टेवा पुग्ने बताउनुभयो ।
त्यस्तै नेपाल तेक्वान्दो संघ केन्द्र अध्यक्ष प्रविण कुमार कार्कीले तेक्वान्दो खेल नेपालमा सार्वधिक मेडल जित्ने खेल भएको चर्चा गर्दै सिदिङवा गाउँ पालिकामा उक्त समिति गठन गरिएको बताउनु भयो । खेलाडीले देशको शिर उच्च बनाएको तर राज्यले अझै खेलाडीलाई उपेक्षा गरि रहेको उहाँको गुनासो थियो । सो कार्यक्रम ५ नं.का वडा अध्यक्ष अम्बर बहादुर लिम्बू ,तेक्वान्दो संघका उपाध्यक्ष त्यस्तै ताप्लेजुङ जिल्लाका जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष अनिता पन्दाक लगायत जनप्रतिनिधिहरु उपस्थिति रहेको थिए ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo