सामाजिक अभियानमा सगरमाथा गोर्खा नेपाली समाज अस्फोर्ड
Phaktanglung Darpan
असार ६ गते २०८१
11:57 am
फक्ताङलुङ दर्पण
ज्ञानु फुरुम्बो चरपे/बेलायत बेलायतमा बसोबास गर्ने नेपालीहरुको संस्था सगरमाथा गोर्खा नेपाली समाज आस्फोर्ड निरन्तर सामाजिक अभियान चलाउँदै आएका छन् । संस्थाको अगुवाईमा विभिन्न क्षेत्रमा अर्थिक सहयोग देखि सरसफाईका अभियान समेत चलाउँदै आएको छ । संस्थाले नेपालमा समेत समाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।
सरसफाइ गरौँ स्वास्थ्य तरिका बाचौँ आफ्ना गाउँ,बस्ति, टोल नगर शहर सफा राखौंँ भने नाराका साथ गत आइतबारका दिन सगरमाथा गोर्खा नेपाली समाज आस्फोर्ड केन्टको आयोजनामा क्लिनिङ डे कार्यक्रम संचालन भएको हो । बक्लो नेपाली समाज बसोबास भएको ठाउँ आस्फोर्डमा स्थानीय समुदाय,समाजसँग समाजिक घुलमिल हुन सामाजिक सद्भाव,सहकार्य काममा अग्रसर बनाउने उद्देश्यले सगरमाथा गोर्खा नेपाली समाज आसफोर्डले २००९ सालदेखि प्रत्येक बर्ष नगर सरसफाई कार्यक्रम आयोजना गर्दै आएको सगरमाथा गोर्खा नेपाली समाज आस्फोर्ड केन्टका अध्यक्ष डम्बर सिंगकले बताउनुभयो ।
नेपाली समुदायलाई स्थानीय समुदाय र काउन्सिलसँग जोड्न सामाजिक काम कार्य कर्तब्यलाई अगाडि बडाउन र यसले नेपाली समाजको सकारात्मक सन्देश प्रवाह होस साथै समुदायमा उरदायित्वबोधको विकास गर्ने छ भने सोचका साथ यो नगर सरसफाई बिगत लामो समय देखि प्रत्येक बर्ष संचालन गर्दै आएको संयोजक नरेन्द्र राईले बताउनु भयो नेपालीहरुको यो सकारत्मक कार्य देखेर स्थानीय बासी र काउन्सिलबाट सहयोग प्राप्त हुन्दै आएको छ । सागरमाथा गोर्खा नेपाली समाज आस्फोर्ड केन्टको पहलमा भएको नगर सरसफाई कार्यक्रम भिक्टोरिया पार्कको वटर फाउन्टेन एरियाको सरफाईमा पुर्व एम पि डेमिन ग्रीन, सोजान जोसेफ, आसफोर्ड बोरो काउन्सिलका काउन्सिलर पल बार्टलेट, रोयल ब्रिटिस लिएजनका कार्यकर्ता , गोर्खा पिस फाउन्डेसनका अध्यक्ष भिम् तुम्बाहाङ्फे, संस्थका सल्लाहकार महिला नेतृ बुद्विजिवी लगायत सन्डे ग्रुप, स्थानिय संघ संस्थाका प्रतिनिधीहरुले सरसफाइ कार्यक्रममा उपस्थिति जनाएका थिए । सामुदायिक काम भएको कारणले आसफोर्डमा रहेका सम्पूर्ण संघसंस्था, परिवार,व्यक्तिहरुको सरसफाई कार्यक्रममा उत्साहजनक उपस्थिति रहेको र पछिलो समयमा युवा पुस्ताहरुले समाजिक कार्यमा राम्रो सहभागी जनाएकोमा अत्यन्तै खुसि लागेको सरसफाई कार्यक्रम संयोजक नरेन्द्र राई बताउनु हुन्छ ।
नरेन्द्र राईको संयोकत्वमा नगर सरसफाई क्लिङनिङ डे कार्यक्रम सफलताका साथ सम्पन्न भएको हो । यस नगर सरसफाई कार्यक्रममा चारसय संख्यामा स्वयंसेवकहरू उपस्थित भएर सरसफाइ गरिएको थियो भने सरसफाइ कार्यक्रममा आवश्यक भौतिक बस्तुहरु ब्यवस्थापन संयाजक नरेन्द्र राईले गर्नु भएको हो । नेपालीहरूको प्रतिनिधिमूलक संस्था सगरमाथा गोर्खा नेपाली समाज आस्फोर्ड केन्टको स्थापना सन् २००४ मा भएको थियो यश संस्थाले वार्षिक रूपमा खाद्यान्न दान, साँस्कृतिक उत्सव, च्यारिटी देखि लिएर विभिन्न दैविक तथा प्रकृतिक प्रकोपहरुमा परेर आपत बिपत जस्ता बिषयमा पनि सहकार्य गर्दै महत्वपुर्ण कार्यहरुपनि गर्दै आएको र निकट भविष्यमा आफ्नै जग्गा वा घर खरिद गर्ने गरी पीपीसीको घरदैलो अभियान पनि यो सगरमाथा गोर्खा नेपाली समाज आस्फोर्ड केन्टले संचालन गरिरहेको अध्यक्ष डम्बर सिगकले बताए ।
यसै गरि सागरमाथा गोर्खा नेपाली समाज आस्फोर्ड केन्टले अध्यक्ष डम्वर सिगकले नगर सरसफाइ कार्यक्रममा सहभागी भएर साथ सहयोग गर्नु हुने सबैलाई समग्रमा धन्यवाद दिनु भएको हो ।