फक्ताङलुङ दर्पण÷ताप्लेजुङ ताप्लेजुङमा उद्धार गरिएको मृगको पाठा मृत्यु भएको छ । गत साउन १६ गते मिक्वाखोलाको लिवाङबाट उद्धार गरी डिभिजन वन कार्यालय ताप्लेङजुमा ल्याइएको रतुवा मृगको बच्चा सनिवार मृत्यु भएको हो । स्थानीयले फेला पारी वन कार्यालयलाई बुझाएपछि डिभिजन वन कार्यालयको वन्यजन्तु उद्धार केजमा राखिएको रतुवा मृग मरेपछि शनिवार वन कार्यालयकै हाताभित्र खाल्डो खनी गाडिएको डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयका अधिकृत बिन्देश्वर शाहका अनुसार शुक्रबार बेलुकी सम्म दूध सहितका खानेकुरा खाईरहेको सो रतुवा मृग शनिबार वन्यजन्तु उद्धार केजमै मृत अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि रोहवारमा मृत रतुवा मृगलाई खाल्डो खनि गाडिएको शाहले बताउनुभयो । ३ किलोग्राम तौल, २ फिट लम्बाई र १.५ फिट उचाई भएको करिब चार महिना उमेरको सो रतुवा मृग जंगलबाट बस्ती छिरेको अवस्थामा लिवाङका स्थानीयले फेला पारी जनप्रतिनिधि समेतको रोहवरमा डिभिजन वन कार्यालयलाई जिम्मा लगाइएका थियो ।…