ताप्लेजुङको सिरिजंघा गाउँपालिकालाई विश्वमा चिनाउँन “सिरिजंगाको गौंरव कञ्चनजंघा” अभियान संञ्चालन गर्ने भएको छ । गाउँपालिकाले गत साता प्रस्तुत गरेको आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममार्फ सो अभियान सञ्चालन गर्ने अभियान अगडी बढाएको होे । कञ्चनजंघा विश्वको तेस्रो अग्लो हिमाल हो । सो हिमाल ताप्लेजुङको सिरिजंघा गाउँपालिका र फक्ताङलुङ गाउँपालिकामा पर्दछ । उत्कृष्ट पर्यटकीय गन्तव्य रुपमा सिरिजंघा गाउँपलिकालाई विश्वमा चिनाउँनका लागि सरिजंगाको गौंरव कञ्चनजंघा” अभियान सञ्चालन गर्ने प्रस्तुत आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्राथमितामा राखेको छ । अभियानलाई सार्थकता तुल्याउन तथा सफल बनाउन संघीय सरकारसंग लागत साँझेदारीमा सुरुभएको सिरिजंघा गाउँपालिका—७ याम्फुदीको आम्जी खोलाबाट नयाँ तुम्लुङ,दुन्दुडाँडा, नगर्चा र चैराम हुदै कञ्चजंघा हिमालको आधार शिविर सम्म साहासिक साहसिक पर्दमार्गलाई गाउँपालिको गौंरवको आयोजनामा राखेको गाउँलिकाले जनाएको छ । सो पदमार्ग करिब २२ किलोमिटर लाम्बाइरको गाउँपालिकाका उपाध्यक्ष डा. चित्र माबोले बताउनुभयो । माबोका अनुसार गर्त आर्थिक वर्षमा पर्यटन मन्त्रलयबाट पाँच करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । अहिले पदमार्ग निर्माण भइरहेको माबोले बताउनुभयो । अभियानलाई अझ व्यापकता दिनका लागि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न गन्तव्यलाई सरल र सहज बनाउँन गाउँपालिकाले जनाएको छ । स्थानीय मौलिकता प्रदान गर्ने गरी साझेदारीमा पदमार्ग क्षेत्रमा होमस्टे सञ्चालनका गर्न गाउँपालिकाले बजेटको विनियोजन गर्ने गाउँपालिको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । अभियानलाई सफल बनाउँन व्यापक प्रचार प्रसार गर्ने गाउँपालिको जनाएको छ ।…