ताप्लेजुङ ।
ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले सिदिङ्वा गाउँपालिका पहिरो पीडितलाई राहत रकम वितरण गरेको छ । गाउँपालिकाको केन्द्र साब्लाखु पुगेर पहिरो पीडितलाई आठ लाख ६७ हजार रुपैयाँ नगद सरोकार केन्द्रले बिहीवार राहत रकम वितरण गरेको हो ।
केन्द्रले मृत्यु र बेपत्ता परिवारलाई १२ हजार रुपैयाँ दरले ७२ हजार, बिस्थापित २७ परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँका दरले ६ लाखा ५० हजार रुपैयाँ बराबरको नगद हस्तान्तरण गरेको सरोकार केन्द्रका अध्यक्ष टंक श्रेष्ठले बताउनुभयो । उच्च जोखिम २० घर परिवारलाई प्रति परिवार ६ हजार रुपैयाँका दरले एक लाख २० हजार रुपैयाँ, बिरामी दुई जनालाई दश हजारका दरले २० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ सरोकार केन्द्र काठमाडौंले जनाएको छ ।
सरोकार केन्द्रका अध्यक्ष श्रेष्ठसँगै महासचिव सन्तोष मादेन, सहयोग संकलन समितिका संयोजक मिङमा डण्डु लामा, सरोकार केन्द्रका सदस्य अनिल खड्का सिदिङवा गाउँपालिका अध्यक्ष मान बहादुर राई उपाध्यक्ष कृष्ण कुमारी कडरिया, ५ नम्बर वडा अध्यक्ष अम्मर लिम्बू, ६ नम्बर वडा अध्यक्ष रत्नकुमार लिङदेन, निमित्त प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघा साथै समाजसेवीहरुको उपस्थितिमा उक्त राहत रकम वितरण गरिएको हो ।
गत असार दुई गते राती अविरल वर्षा सँगै आएको बाढी र पहिरोले सिदिङ्वमा तीन ब्यक्तिको मृत्यु भएको थियो भने तीन जना अझै सम्म पनि बेपत्ता रहेका छन् । पालिकाको वडा नम्बर ६ मेहेले ,७ सुरुङ्खिम, ३ आङ्खोप बढी प्रभावित भएको थियो । …
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
