वैशाख ६ गते २०८२
11:16: PM
वैशाख ६ गते २०८२
11:16: PM

बेलायतमा शान्तिको कामना गर्दै संयुक्त माङ्गेन्ना सम्पन्न

वैशाख ९ गते २०८१
12:34 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ज्ञानु फुरुम्बो चरपे/बेलायत
किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा शनिवार आस्फोर्ड केन्टबासी किरात धर्मलवम्बीहरुको संयुक्त माङगेन्ना सेवा गरिएको छ । आस्फोर्ड केन्टकमा बसोबास गर्ने नेपालीहरुको सुख शान्तिको कामना गर्दै माङगेन्ना सेवा गरिएको हो ।


आस्फोर्ड केन्टमा बसोबास गर्दै आएका किरात धर्मलवम्बीहरुले बिगत देखि प्रत्येक वर्ष सुख शान्तिको कामना गर्दै सामुहिक माङगेन्ना सेवा गर्दै आएका छन । बेलायतको ठाउँमा समयको निकै महत्व हुने र सबैलाई समय मिलाउन निकै गारो हुने भएको हुदाँ आप्लुङगेन्न ताङसेप चोमेन सेवा माङगेन्नाका लागि सेवासाबाहरु घर घरमा गएर माङगेन्ना गरिदिन धेरै मुस्किल हुने भएकाले भक्तजनहरुको सुबिधाका लागि किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेले सामुहिक तरिकाले विभिन्न ठाउँमा यसरी नै माङगेन्ना कार्यक्रम आयोजना गर्दै आईरहेको छ ।


उक्त माङगेन्ना कार्यक्रममा आस्फोर्ड केन्टमा बसोबास गर्ने नेपाली सयौंको संख्यामा किरात धर्मलवम्बी भक्तजनहरु माङगेन्ना सेवा कार्यक्रममा सहभागी भएका थिए । बेलायतका प्रमुख माङसेवा साबा साम्दाङगेन्न वरुमसाबा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका सल्लाहकार मंगल सिं लिङदेनद्वारा किरात साम्जिक मुन्धुम वाचन गरी भक्तजनहरुको माङगेन्ना गरिएको हो, भने प्रमुख माङसेवा साबाद्वारा माङगेन्ना किन गरिन्छ भने बिषयमा छोटो मुन्धुमी प्रवचन राख्नु भएको थियो । उहाँलाई माङसेवा साबा निराज माबोहाङ र मणि चोङबाङहरुले साथ दिएका थिए ।
किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतका उपाध्यक्ष केवाहाङ चेम्जोङको अध्यक्षता तथा उपाध्यक्ष निर्मल पतङवाको ब्यवस्थापनमा सम्पन्न भएको माङगेन्ना कार्यक्रम किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका सचिव पर्बत राईले कार्यक्रम संचालन गर्नु भएको थियो ।…


।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo