ताप्लेजुङको पाथीभरा(मुकुमलुङ) चैत महिना ७५ लाख भन्दा बढी भेटी संकलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्जनहरुले चढाएको भेटीको रुपमा सो बराबरको नगद संकलन गरिएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार चैत महिनामा ७५ लाख ७ हजार १५० रुपैयाँ भेटी संकलन भएको छ । संकलन भएको भेटी गणना गरी बैँकमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । ३ हजार ७ सय ९४ मिटरको उचाईमा रहेको पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी रकम पाथीभरा क्षेत्र बिकास समितिले संकलन तथा गणना गरी हरेक महिना सार्वजनिक गर्दै आएको छ । चैतमा ५२ हजार भन्दा बढी भक्तजनहरुले पाथीभरामा गरे पूजापाठ ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा चैंत महिनामा ५२ हजार भन्दा बढीले पूजापाठ गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार चैत महिमाना ५२ हजार ४५५ जना भाक्तजनहरुले पाथीभरा पूजा थाममा पुगेर पूजापाठ गरेका छन् । चालु आर्थिक वर्षको ९ महिनाको समय अवधिमा सबै भन्दा धेरै चैत महिनामा पाथीभरामा भक्तजनहरुले पूजापाठ गरेका छन् । गत साउनदेखि चैत्र मसान्तसम्म एक लाख ६८ हजार ४६८ जना भक्तजनले पाथीभरामा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्क जनाएको छ । भदौमा ५ हजार, असोजमा १० हजार ३४३, कात्तिकमा ४९ हजार १ ६३ जना भक्तजन पाथीभरा आएको समितिले जनाएको छ । यस्तै मङ्सिरमा २० हजार ४१६ जना, पुषमा ५ हजार ६५५, माघमा ६ हजार ४०१, फागुनमा १७ हजार ९१२ जना तीर्थयात्री आएका हुन् ।…