वैशाख ६ गते २०८२
10:52: PM
वैशाख ६ गते २०८२
10:52: PM

साहित्य उत्थान संघ बेलायतद्वारा आर्थिक सहयोग हस्तातरण

चैत्र २५ गते २०८०
7:15 am
Author Avatar
फक्ताङलुङ दर्पण

ज्ञानु फुरुम्बो चरपे /युके

किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतद्वारा मृतक सेनेहाङको परिवारलाई आर्थिक सहयोग हस्तातरण गरेको छ । दुःख पर्दा एक आवसमा सहयोग र सदभाव राख्नु पर्दछ भन्ने उदेश्यले समितिले सहयोग संकलन गरेर पीडित परिवारलाई उपलब्ध गराएको हो ।

६ अप्रेल २०२४ शनिवारका दिन किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेले संकलन गरेको रकम मृतक चन्द्रध्वज सेनेहाङको श्रीमती धनमाया लिम्बुलाई किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको बैठकद्वारा २ लाख ८६ हजार ४०० रुपैयाँ आर्थिक सहयोग हस्तातरण गरेको छ।

पीडितको समस्या बुझेर किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युके समितिले किरात धर्मलवम्बी भक्तजनहरु समक्ष आर्थिक सहयोगका लागि ब्यतिगत र संस्थागत रुपमा रुप अनुरोध गर्दै सुश्री प्रिया खिम्दिङको संयोजकमा आर्थिक सहयोग संकलन अभियान संचालन गरेको थियो ।
पारिवारीक स्थिति धेरै नाजुक रहेको र सेनेहाङ किरात धर्मलवम्बी भएको हुदाँ धार्मिक नाता, मानवीय सद्भावको हैसियतले सहयोग गरिएको किरात धर्म तथा साहित्य उत्थान राष्ट्रिय समिति बेलायतका अध्यक्ष राजेन्द्र खिम्दिङले बताउनु भयो । मृतक सेनेहाङ बृटिश आर्मिमा ५ बर्ष काम गरेर अवकाश भई जन्मभुमि ताप्लेजुङ जिल्ला पाथीभरा याङवरक गाउपालिका चाक्सिबोटे आफ्नै गाउँमा बस्दै आउनु भएका चन्द्रध्वज सेनेहाङ आफ्ना श्रीमती सहित बेलायत आईपुगेको एक हप्तामै उपचारको क्रममा अस्पतालमा निधन भएको थियो सेनेहाङ ९० बर्षको उमेरमा निधन भएको हो ।
छोरा छोरी नेपालमा रहेको आफ्नतहरु धेरै टाढा रहेको आर्थिक अबस्था नाजुक भएको हुदाँ दाहस्कार गर्न चन्दा सहयोग संकलन गरिको हो संकलन भएको चन्दा रकमले सेनेहाङको डेडबोडी सदगत गर्ने काममा खर्च गरिने छ भने अन्य भईपरि समस्याहरुमा पनि खर्च गरिने छ । मृतक सेनेहाङको डेडबोडिलाई १५ अप्रेल २०२४ माअन्तेष्टि गरिने मुतका श्रीमती धनमाया लिम्बुले बताउनु भएको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo