वैशाख ५ गते २०८२
09:48: PM
वैशाख ५ गते २०८२
09:48: PM

उद्धार गरिएको मृगको पाठा वन कार्यालयमा उपचार हुदै

श्रावण १७ गते २०८०
1:12 pm
Author Avatar
फक्ताङलुङ दर्पण

फक्ताङलुङ दर्पण/ताप्लेजुङ
ताप्लेजुङमा स्थानीयले फेला पारेको मृगको पाठा प्रहरीमार्फत वन कार्यालयलाई बुझाइएसंगै अहिले डिभिजन वन कार्यालयमा उपचार भइरहेको छ । मृगको पाठा केही अस्वस्थ्य भएकाले वन कार्यालयमा उपचार प्रक्रिया थालेको हो ।
जिल्लाको मिक्वाखोला गाउँपालिका–३ लिबाङमा स्थानीयले फेला पारेको मृगको पाठा (बच्चा) स्थानियले खबर गरी प्रहरी मार्फत मृगको पाठालाई उद्धार गरि मङ्गलबार वन कार्यालयलाई बुझाएको हो ।
लिबाङका एक स्थानीयको अलैँचबारीमा मृगको पाठा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरपछि लिबाङ प्रहरीचौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) मानबहादुर थापाको टोलीले मृगको पाठालाई नियन्त्रणमा लिई सब–डिभिजन वन कार्यालय मिक्वाखोलामा बुझाएको प्रहरीले जनाएको छ ।


प्रहरीले सब–डिभिजन वन कार्यालयमा बुझाएको मृगको पाठालाई सदरमुकाम फुङ्लिङस्थित डिभिजन वन कार्यालयमा ल्याइएको छ । मङ्गलबार दिउँसो ल्याइएको रतुवा मृगको पाठा केही अस्वस्थ्य रहेको पाइएकाले औषधोपचार सुरु गरिएको डिभिजन वन कार्यालयका निमित्त डिभिजनल वन अधिकृत बद्री शाहले बताउनुभयो । शाहका अनुसार मृगको पाठाको स्वास्थ्य सुधारसँगै तन्दुरुस्त भएपछि सुरक्षित जङ्गलमा छाडिने छ । उक्त मृगको पाठा करिब पाँच महिना जतिको भएको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालय र जिल्ला भेटेनेरी अस्पतालको समन्वयम अहिले मृगको पाठा स्वास्थ्य परिक्षण गर्ने काम भइरहेको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । मसिनो नरम घाँस र दुध दिएर मृग राखिएको छ । …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo