बजार मूल्य बढेसंगै चिराइतो खेती प्रति आकर्षिक हुदै किसान
Phaktanglung Darpan
चैत्र १३ गते २०८०
1:23 pm
फक्ताङलुङ दर्पण
लामो ससमय पछि चिराइतोको मूल्य सुधार आएसंगै ताप्लेजुङका किसानहरु पुःन चिराइ खेती तर्फ आर्कर्षित भएका छन् । लामो समय बजार कारोबार ठप्प भएसंगै चिराइतो खेती गर्न छाडेका किसानहरु अहिले चिराइतो खेती गर्न थालेका छन् । फक्ताङलुङ गाउँपालिका—६ का केरसी लिम्बू चिराइतो खेती गर्न छोडेको ५ वर्ष भयो । तर अहिले चिराइतो खेती गर्नका लागि ठाउँ बनाउन थाल्नुभएको छ । लिम्बूसंग चिराईरातो खेतीको लामो अनुभव छ । विगतका वर्षहरुमा चिराइतो खेती नै मुख्य पेशाको रुपमा खेती गर्दै आउनुभएको लिम्बूले कोभिड—१९ को समयमा बजार मूल्यमा ह्रास आएसंगै चिराइतो खेती छोडेर अन्य पेशामा लागेको लिम्बू पुःन पुरानो पेशामा फकिर्नु भएको हो । फक्ताङलुङ गाउँपालिका भित्र नै धेरै चिराइतो उत्पान गर्ने लिम्बूले वर्षमा ६५ मन(४० केजीको एक मन) सम्म चिराइतो उत्पादन गर्नुहुन्थयो । लामो समय चिराइतोको बजार मूल्यामा ह्रस आएसंगै चिराइतोको बिक्री गर्न समेत समस्या भएकोले उहाँले चिराइतो खेती गर्न छोडेर अलैँची बगान बस्तिार गर्न लागेको लिम्बूले अहिले १२ रोपनी क्षेत्रफलमा चिराइतो खेती गर्नका लागि ठाउँ बनाउँदै गरेको लिम्बूले बताउनुभयो । सोही वडा स्थित लुङथुङका किसान तीर्थ राई अहिले चिराइतो बिउ छर्नमा व्यस्त हुनुहुन्छ । उहाँले खेताला खोजेर ३० रोपनी क्षेत्रफल झाडी फाँडेर चिराइतोका लागि जमिन तयार गर्नु भएको राईले बताउनुभयो । फाँडेको झाडीमा आगो समेत लगाएर चिराइतो छर्नका लागि उपयुक्त जग्गा तयार गरिसक्नुभएको छ । “चिराइतोको बिउ तयार गरेको छु । अब एक हप्ता पछि छर्ने योजना बनाउँदै छु ।” राईले भन्नुभयो“ एक साल त चिराईतो बिक्री नै भएन । त्यस पछि सबैले खेती गर्न छोडेको थियो । तर यस वर्ष गाउँमा नै प्रति मन ४२ हजार रुपैयाँ सम्ममा खरिद गर्ने व्यापारिहरु आउनुभए थियो । तर चिराइतो नै गाउँमा खासै थिएन ।” चिराइतोको राम्रो बजार मूल्य आउने सम्भावना देखेर राईले दुई वर्ष अगाडी २० रोपनी क्षेत्रफलमा चिराइतो खेती लगाउनुभएको छ । दुई वर्ष अगाडी खेती लगाएको आउँदो कात्तिक महिनामा बिक्री गर्न योग्य हुने राइले बताउनुभयो । एक अगाडी अर्थ गत वर्ष १६ रोपनी क्षेत्रफल जग्गामा राईले चिराइतो खेती गर्नु भएको छ । अहिले ३० रोपनी क्षेत्रफल जमिनमा चिराइतो खेती गर्न लागेको हो । ३० रोपनी क्षेत्रफलमा जमिनमा २४ माना चिराइतोको बिउ लगाउने राईले बताउनुभयो । चिराइतो छरेको मिति देखि २७ महिनामा बिक्री योग्य हुने राईले बताउनुभयो । राईले भन्नुभयो“अहिले लगाएको चिराइतो अबको २७ महिनामा ४० देखि ४५ मन सम्म चिराईतो उत्पादन हुने आशा गरेको छु ।” केही समय किसानले चिराईतो खेती गर्न छोडे पछि अहिले बिउ पाउँन समेत मुस्किल पर्ने किसानहरुको भनाइ रहेको छ । विगत प्रशस्त मात्रमा पाईने चिरातोको बिउ अहिले प्रति माना दुई हजार ५०० रुपैयाँमा खरिद बिक्री हुने गरेको किसानहरु भनाइ रहेको छ । फक्ताङलुङ गाउँपालिका—५ हेल्लोक गाउँका रविन आङबोहाङले चिराइतो खेती गर्न छोड्नुभएको चार वर्ष भयो । तर अहिले चिराईतो खेती गर्नका लागि ८ रोपनी जमिन तयार गर्नुभएको छ । “दुई साल यता चिराइतोको बजार मूल्य राम्रो आएको छ । गाउँमा अहिले सबैले चिराईतो खेती गर्ने तयारीमा छन् । फेरी बजार मूल्य घढ्ने हो कि चिन्ता भइरहेको छ ।” आङबोहाङले भन्नुभयो “अहिले बजार मूल्य राम्रो आएकाले उत्साहित भएर गाउँका प्रायः किसानहरु चिराइतो खेती गर्न लागेका छन् ।” चिराइतो छर्ने सुरुभएको छ । चिराइतोका लागि वनजंगल तथा झाडी फाँडेर १५ देखि २० दिन राखनु पर्दछ । त्यस पछि सुकेको झाडीमा आगो लगाउँनु पर्दछ । आगो लगाएको ठाउँमा दुई चार दिन पछि चिराई छर्नु पर्दछ । चिराइतोसंगै अन्य बाली समेत किसानले लगाउँने गर्दछन् । मकै,घैया,कागुनी, लटे जस्ता रैथाने बाली लगाउँने गर्छन । ताप्लेजुङको हिमाली क्षेत्रहरुमा बसोबास गर्ने किसानहरुले चिराईतो खेती गर्दै आएका छन् । फक्ताङलुङ गाउँपालिका,सिरिजंगा,सिदिङवा र मिक्वाखोला गाउँपालिकाहरु विषेश चिराईतो उत्पादन हुने क्षेत्र भित्र पर्दछ । केही वर्ष चिराइतो बिक्री हुनै मुस्किल भए पछि खेती गर्न छोडेका किसानहरु अहिले धमाधम चिराईतो खेती गर्न थालेका छन् । डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार विगत दुई वर्षको तुलनामा यस वर्ष चिराइतो निकासीमा वृद्धि भएको हो । जिल्लामा चिराइतो उत्पादनमा कमी आएको भएपनि पछिल्लो तीन वर्षको तथ्यांक अनुसार यस वर्ष निकासीमा वृद्धि भएको छ । तुलनात्मक रुपमा यो वर्ष केही परिमाणमा चिराइतो निकासी वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८०–८१ मा पाँच हजार ८२० किलोग्राम चिराइतो निकासी भएको छ । डिभिजन वन कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८–७९ मा तीन हजार २८० किलोग्राम मात्र चिराइतो निकासी भएको थियो । यस्तै आर्थिक वर्ष २०७९÷८० मा पाँच हजार ८०० किलोग्राम चिराइतो निकासी भएको छ । अघिल्लो दुई वर्षभन्दा पछिल्लो अर्थात यो वर्ष थोरै परिमाणमा भए पनि चिराइतो निकासी वृद्धि भएको डिभिजनल वन अधिकृत बद्रीप्रसाद साहले जानकारी दिनुभयो । विगत २०७० यता दश वर्षको समय अवधिमा ताप्लेजुङ जिल्लाबाट ३८ हजार केजी चिराईतो संकलन भएको डिभिजन वन कार्यालयको तथ्यांकले जनाएको छ । दश वर्षको अवधिमा सबैभन्दा बढी चिराइतोबाट राजस्व संकलन भएको छ । दश वर्षको समयमा चिराइतोबाट साल लाख ९६ हजार ६३६ रुपैयाँ राजस्व संकलन भएको छ ।…