ढकालको राज, लिम्बू—लिम्बू भिड्न्त

Phaktanglung Darpan
चैत्र ९ गते २०८०
1:36 pm


फक्ताङलुङ दर्पण
ज्ञानु फुरुम्बो
बाहुनको चाल भुमिपुत्रहरुको काल भने झै अहिले मुक्कुमलुङ केवलकारका निमार्णका मुख्य लगानीकर्ता चन्द्र ढकालले लिम्बू लिम्बु बिच भिडाउने मराउने आफ्नु स्वार्थ पूरा गर्ने मेसोमा विगत समय देखि लागि परेका छन ।
सम्पत्ति र पैसाको आडले राज्यको रहेरक संयन्त्र देखि लिएर जल्दा बल्दा नाम बास्ना चलेका लिम्बुहरुलाई आफ्ना कब्जामा लिएर आन्दोलनकारीहरुको अधिकार,मागलाई बेवस्ता गर्दै शसस्त्र बल प्रयोग गरेर आन्दोलनकारीहरुलाई दबाएर जसरी पनि मुक्कुमलुङमा केवलकार निमार्ण गरेर छाडने पक्षमा मरिहते गर्दै आएका छ ।
तर यो सपना मुक्कुमलुङ संरक्षण आन्दोलकारीहरुले कुनै हालतमा पुरा गरिदिने देखिन्दैन ३ पल्ट दलबल सहित गएका ढकाल गर्भमा तुएका छन उनको पैसाले किनेको कालो कर्तु चालबाजी खेललाई मुक्कुमलुङ संयुक्त संघर्ष समिति,केवलकार खारेज समिति,किरात याक्थुङ चुम्लुङ,कोशी नाम खारेज संयुक्त संघर्ष समिति,मक्कुमलुङ ताङसेप फासिङ चुम्भो र याक्थुङ थरगत सहजिकरण समितिहरुले ३ तीन पटक चन्द्र ढकालको सपना चक्ना चुर बनाईदिएका छन । अब कहिले पूरा हुने पनि छैन दुई चार जना आफ्ना जन्मदिने आमालाई बेचेर खाने लिम्बुहरुलाई साथमा लिएर सौदाबाजीमा किन्न बेच भएता पनि सबै मुलबासी भुमिपुत्र याक्थुङ लिम्बुहरु ढकालले सोचे जस्तो छैन ।
आदिमकाल देखि बसोबास गर्दै आएका रैथाने याक्थुङ र स्थानीय सरोकारवालाहरुको मनोभावना,आकांक्षा, सहमती बिपरित पैसाको अहंकार र घमण्डले अगाडि बडे पछि यो परिस्थिति सिर्जना हुन्दै आईरहेको छ । यदि ढकाल यो कार्यबाट पछाडी नहटे जर्वस्त गरेमा परिस्थितिले जन्मएको अकल्पिनिय घटना भएमा ढकालले जिम्मा लिनु पर्छ ।
पछिलो समयमा केवलकार निमार्ण गरेर जसरी पनि आफ्ना निजि स्वार्थ पूरा गर्ने पबित्र स्थल मुक्कुमलुङलाई ब्यापारिक केन्द्र बनाउने र याक्थुङ लिम्बू जातीहरुको अस्तित्व,मुन्धुमसंग जोडीएको चोत्लुङ माङगेन्ना साथै विभिन्न भाषा,धर्म,संस्कार,साँस्कृतिक मान्ने लाखौ भक्तजनहरुको आस्था, बिश्वासको केन्द्रलाई बिकास र समृद्विको नाममा बिध्वङस गर्दै त्यहाको प्राकृति सौन्दर्यता,पर्यावरणमा ठेस पुर्याउने हेतुले न्वाराको बल निकालेर लागेका छन । एउटा भ्रष्टचारी नाफाखोरी ब्यक्तिलाई सुरक्षा दिएर स्थानीय जनताको आवाजलाई बेवस्ता गर्दै सरकार भ्रष्टचारी नाफाखोरी पक्षमा उभिनु भनेको अति दुखद कुरा हो । सरकार भ्रष्टचारी नाफाखोरी,अतिक्रमणकारीको सरकार हो कि जनताको सरकार हो भने प्रश्न तेछिएको छ । अहिलेको यो परिस्थितलाई नियाल्दा जनताको सरकार छैन भन्ने स्थानीय जनतालाई महसुस हुन थालेको छ ।
निमार्ण कार्य सफल गर्न अहिले आएर त्यहाँका स्थानीय लिम्बुहरुलाई उचाल्ने विभिन्न प्रलोभन देखाएर आफ्नै समुदायसंग भिडन मर्न लागाउने भ्याङकर उच्चबाहुनवादी चाडण्क्य नीति, कुटननिति र रणनिती ढकालले प्रयोग गरिरहेको छ । उनले सोची सकेको छ कि लिम्बुहरु भनेको पैसा खाना पायो भने जे पनि गर्न तयार हुन्छ यिनीहरु क्षणिक स्वार्थ पुर्तिका लागि पैसामा आफ्नु र पराई बिर्सिन्छन आफ्ना पन पहिचान,अस्तित्व सारा भुल्न छन बेचर खान्छन जसरी कुकुरलाई मासु बेगरको हडडी फ्याकी दियो भने पनि ज्यान छाडेर फाइट खेलेर लुझा लानि गर्छन यिनिहरु पनि यस्तै हुन भनेर केही लिम्बुहरुलाई फकाउदै उनिहरुको सामु मासु बेगरको हडि फ्याकि दिन्दै छन त्यहि हडिको लोभमा फसेर केही लिम्बू साथीहरु आफ्नै समुदाय र अस्तित्व माथी जाईलाग्न मनजुर भएको देखिन्छ । तर मुक्कुमलुङ संयुक्त संघर्षण समिति तरवार भएर जस्तो सुकै परिस्थितिहरु सामना गर्न तयार भए पछि पानी बिनाको माछा झै छटपटाउन थालेका छन केवलकार वालाहरु ।
हरेक यन्त्र संन्यत्र पावरले काम नगरे पछि हिरालाई काटन हिरा नै प्रयोग गरिन्छ फलाम काटनलाई फलाम नै चाहिन्छ त्यसरी नै लिम्बू आन्दोलनकारीहरुलाई तह लगाउन लिम्बुहरु खटाएको देखिन्छ । केवलकार निमार्णको सबै गतिविधीहरु अहिले स्थानीय बासी स्थानीय लिम्बुहरुलाई दिएको देख्निछ । आन्दोलनकारीहरुसंग भिडन पनि लिम्बू , रुखकटान गर्न पनि लिम्बू चन्द्र ढकालको झोला बोक्ने पनि लिम्बू बडिगार्ड सुराखि पनि लिम्बु भौतिक संरचना निमार्ण गर्ने ठेकेदार पनि लिम्बुहरु धेरै देखिन्छ । यो हेर्दा दाजु भाइ जुदाउ मराउ फुटाउ र शासन चलाउ भने उक्ति चन्द्र ढकालले कुटनितीक तरिकाले प्रयोग गरेको छ तर हाम्रो याक्थुङ समुदायहरुले कहिले बुझेन्न क्षणिक लोभ लालचामा लिप्त भएर आफ्ना हजारौ बर्ष देखि अटल रहेको माङगेन्ना चोत्लुङ ढाल्न भने आफै अगाडि बडिरहेको देखिन्छ ।
के अब आफ्ना पहिचान,अस्तित्व थाकथलो भाषा,लिपि धर्म सास्कृतिकहरु अरुको कुरा सुनेर आफै लाग्नु पर्ने हो त आफ्ना परिचय मास्न यो दुनियाँ देखि । बिगतको इतिहासमा पनि यस्ता यस्तै देखिन्छ याक्थुङ लिम्बू लिम्बू बिच नमिल्नु कुरा नबुझ्नु धेरै बिपक्षीको साथ दिएर आफ्नु समुदाय समाजको लागि आफै हतियार भएर उभिनुले राज काज गुमाउनु पर्याे भाषा लिपि,धर्म,संस्कार,सांस्कृतिक गुमाउनु पर्याे याक्थुङ लिम्बू पुर्खाहरुले आर्जे संरक्षण गरेर ल्याएको भुमि किपट गुमाउनु पर्याे याक्थुङ लिम्बुहरुको धार्मिक सास्कृतिक स्थल थाकथलो गुमाउनु पर्याे अतिक्रमण हुन्दै सबै प्राचीन नामहरु परिबर्तन हुन पुग्यो ।
अरुको धेरै कुरा सुन्ने आफ्ना लागि कहिले नसोच्ने विपक्षीको साथ लागेर कटपुतली भएर नाच्ने हुन्दा अधिकार,भुमि,किपट राजकाज गुम्नुका साथ आफ्ना समुदायका लागि जन्मेका महान युग पुरुषु पनि गुमाउनु पर्याे उनीहरुको मार्ग बिचार नबुझ्नाले सिरिजंङगा सिङथेबे सहिद भए,हाङपाङका बाजहाङ हाङबुहाङ सहिद भए, धनकुटा आठपरिया समुदायका रिदामा र रामलिङहाङ सहिद भए ,लालसोर सेन्दाङ जन्म गाउँ छाडन पर्याे इमान सिं चम्जोङ हाम्रो समाजको बिवेक चेतना देखेर बिरिक्तिए महागुरु फाल्गुनन्दज्युले राज्यबाट हरेक संकट भोग्नु पर्याे अन्य धेरै ब्यक्तिहरु छन आफ्ना अधिकारका लागि लडने तर हाम्रो समाजले कहिले बुझेन्न आज उल्टै मुक्कुमलुङलाई,ध्वस्त कुरुप बनाउन धार्मिक,सास्कृतिक अतिक्रमणकारीहरुको साथ लिएर केहि लिम्बू साथीहरु नै लागिपरेका छन ।
मुक्कुमलुङ आन्दोलन दबाउन र ओझेल पार्न स्थानीय प्रभाबित क्षेत्रका केही सिधा सोजा जनताहरुलाई बिकास बिरोधी हुन यो आन्दोलन गर्नेहरु भनेर मिथ्या कुरा सुनाएर लिम्बू लिम्बू जुदाउने समुदाय समुदाय जुदाउने बाहुन ढकालको रणनिती हो किनकी जसरी मुक्कुमलुङमा केवलकार बनाएर अकुत पैसा कमाउने दाउमा छन । स्थानीय इमान्दार जनताहरलाई खसिको टाउको देखाएर कुकुरको मासु बेच्दै छन सुन्तोला देखाएर कागती दिन्दै छन ।
बनावाटी कुरा सपना बाडेर उल्टै आन्दोलनकारीहरुलाई बिकास बिरोधीको भिल्ला भिडाउदै प्रचार बाजी गर्दै हिडेका छन । मुक्कुमलुङले मागेको बिकास केवलकार र भ्युटावर होईन मुक्कुमलुङले मागेको बिकास भनेको संरक्षण सम्वद्वर्न र पबित्रता,स्वच्छता हो । मुक्कुमलुङ आफैमा प्राकृति रुपमा बिकसित छ त्यहि बिकसीत भएर त हरेक महिना बर्ष हजारौं लाखौं भक्तजन तिर्थयात्रीहरु मुक्कुमलुङको दर्शन गर्न मरिहते गरेका छन । तर अहिले चन्द्र ढकाल लगायत नाफाखोरी भ्रष्चारी दलालीहरुले मुक्कुमलुङको ऐतिहासीक धार्मिक सास्कृतिक सौन्दर्यतालाई नामेट गरेर देवीदेवताको नाम बेचेर भौतिक सुबिधाको नाममा लगाएर निमार्ण गरिएको संरचनालाई बिकास भनिन्दै दुनियाँलाई उल्लु बनाउदै छ । यस्ता ऐतिहासीक स्थललाई बिगारेर बनाएको स्थललाई बिकास भनिन्दैन यसलाई बिनास भनिन्छ ।
मुन्धुमी अस्तित्व,पहिचानलाई सधैका लागि नस्ट गर्ने ।
बिकास,समृद्वि र सुविधाको नाममा मुक्कुमलुङ देवीको शक्ति स्वच्छता र पवित्रतालाई सधैका लागि नस्ट गरेर रमाईलो गर्ने डेटिङ स्पोर्ट बनाई नाउने हजारौ लालिगुरास अन्य बहुमल्य बोटबिरुवा,रुख,जडिबुटी नस्ट गरेर पर्यावरणमा खलबल लेउने मुक्कुमलुङमाको आस्था माथि चोट पुर्याउने बिगत लामो समय देखि हजारौ भक्तजनहरुलाई सेवा दिन्दै बसेका फेदी,काफ्ले पार्टीका बासीन्दाहरुलाई उठि बास बनाउने यातायात सेवा दिन्दै बसेका टेक्सी ब्यवसायिकहरुको रोजीरोटी खोस्ने, मानव सेवाका लागि फेदी,काफ्ले पाटीमा बसेका दुई तिनसय युवाहरुको रोजगारी रोजिरोटी खोस्ने कार्यमा न्वाराको बल लगाएर लागेका छन ।
जसरी हिन्दु धर्मलवम्बीहरुको धार्मिक स्थल बनारस,पशुपति,केदारनाथ हो भने मुक्कुमलुङ याक्थुङ लिम्बुहरुको धार्मिक स्थल हो याक्थुङ लिम्बुहरले परम्परा देखि मुक्कुमलुङ भन्दै आएका थिए तर पछिलो समयमा मुक्कुमलुङ नामलाई अतिक्रमण गरेर पाथीभरा देवी भनेर नेपाली भाषीहरुले नाम राखे ,पाथीभरा नाम बिकास भएको एकसय बर्ष भन्दा माथी भएको छैन ।
स्पष्ट रुपमा भन्नू पर्दा सत्य यहि हो । मुक्कुमलुङ याक्थुङ लिम्बुहरुको धार्मिक शक्ति पिठ मध्ये एक हो मुक्कुमलुङ, जसरी हिन्दु धर्मलवम्बीहरुले बनारसलाई आफ्ना धार्मिक स्थल मान्छ । बौद्वमार्गीहरुले लुम्बिनीलाई मान्छन त्यसरी नै याक्थुङ लिम्बुहरुले मुक्कुमलुङ,फक्ताङलुङ,लाई आफ्ना शिर चोत्लुङको रुपमा मान्छन मान्दै आएका छन ।
तर पछिलो समयमा बिकासको नाममा बिध्वंस गर्ने र याक्थुङ लिम्बुजातीहरुको बिकासको नाममा पवित्र धार्मिक स्थलहरु अतिक्रमण गर्ने उनीहरुको चिहानहरु नस्ट गरेर आमूल परिबर्तन बिकास हो भन्दै भवन,खेलमैदान भनाउने यसको ठक्का पटा त्यहि संग सम्बन्धीत लिम्बुलाई दिने प्रयोग गर्ने चालबाजी खेल हुन्दै आईरहेको छ ।
यो कुटनिति,रणनिति मुक्कुमलुङमा लागू भएको छ याक्थुङहरुको ऐतिहासकता,स्थलहरु,धार्मिक सास्कृतिक स्थलहरु बिकास र समृद्वीको बाहानामा याक्थुङहरुलाई नै प्रयोग अनि सधैका लागि नस्ट गर्ने चन्द्र ढकालको नीति हो । यो कुरा याक्थुङ लिम्बू समुदायहरुले समयमा बुझिएन भने
एक दिन जिउदो लास भएर जिउने छौ । अहिले याक्थुङ याक्थुङलाई जुदाउदै छ । याद रहोस याक्थुङहरुको छातीमा टेकेर ढकालले राज गर्दै छ ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
