देवेन्द्र बानिया/ताप्लेजुङ
विश्व रेडियो दिवस नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गर्दै मनाइएको छ। सूचना प्रविधिको विकाससँगै रेडियो सुन्ने श्रोता दिन प्रति दिन घट्दै गएको गए पनि अझै रेडियोको महत्त्व भने अझै घढेको छैन । नेपालमा रेडियो स्थापना भएको सात दशक नाघिसकेको छ। सुरुसुरुमा सूचना र प्रविधिको विकास राम्ररी भइरहेको थिएन । तसर्थ उसबेला रेडियोको महत्त्व ठूलो थियो । अहिले पनि महत्त्वका हिसाबले एफएम रेडियो अगाडि नै रहेको बताइन्छ । अनलाइन पत्रिकाको आफ्नै पाठक र टेलिभिजनको आफ्नै दर्शक , श्रोता भए पनि रेडियोको छुट्टै श्रोता रहेको पनि नेपाल पत्रकार महासंघ ताप्लेजुङका सह सचिव वसन्त पालुङ्वाको भनाइ छ । सहज पहुँजका हिसाबले पनि सर्वसाधारणको भरपर्दो सूचनाको साधन रेडियो नै भएको पलुङवाकोले बताउनु भयो ।
ताप्लेजुङको पहिलो सामुदायिक रेडियो तमोरका स्टेशन मेनेजर कृष्ण फुरुम्बो रेडियोको श्रोता घटे पनि रेडियोको लोकप्रियता अझै रहेको बताउँछन् अझै पनि यस्तो सहज र सरल सूचना प्राप्त गर्न माध्यमका रूपमा पहिलो नै भएको उहाँ दाबी गर्छन्।
विगतमा सूचना प्राप्त गर्न रेडियो नेपाल बिबिसि , रेडियो कान्तिपुर सबैका सामु लोकप्रिय थियो। तर पछिल्लो समय एफएम रेडियोको विकास र विस्तार भएपछि भने सर्वसाधारणमा सूचनाको पहुँच बट्दै गए त्यसपछि रेडियो नेपाल भन्दा स्थानीय रेडियो सर्वसाधारणमा सहज सूचनाको माध्यम बन्न पुग्यो। पछिल्ला समयमा भने मोबाइलमै विश्वका सबै सूचना आउने भएकाले रेडियोका श्रोता भने घट्दो क्रममै छन्। अनलाइन माध्यम अहिले प्रभावकारी बन्दै आएको छ। तर पनि सबै पत्रिका अनलाइन माध्यमहरू गाउँको पहुँचमा पुगेका छैनन् । पुगे पनि खर्चिलो छ। सहर बजारमा रेडियो सुन्ने श्रोतागति पनि अझै गाउँमा सूचनाको माध्यम रेडियो नै भएको नेपाल पत्रकार महासंघका ताप्लेजुङका अध्यक्ष आनन्द गौतमले बताउनुभयो ।
उहाँका अनुसार ताप्लेजुङमा चार वटा रेडियो दुईबवटा पत्रिका सञ्चालनमा छन् । केही अनलाइन पनि छन्। अनि मुख्य गरी जिल्लामा रेडियो तमोर ,रेडियो ताप्लेजुङ ,रेडियो काबेली सञ्चालनमा छन्। फक्ताङ्लुङ एफएम जिल्लाको तेस्रो स्थापनामा आएको रेडियो हो तर अहिले प्राविधिक कारण देखाउँदै रेडियो बन्द हुन पुगेको छ। रेडियोले के कारणले बन्द भएको हो भनेर सार्वजनिक गरेको छैन । ताप्लेजुङबाट नियमित ३ वटा रेडियोले पहिले ताप्लेजुङ ,पाँचथर इलाम सङ्खुवासभा तेह्रथुम लगायतका क्षेत्रमा रेडियोको तरङ्ग पुगिरहेको छ।
ताप्लेजुङको इतिहासमा २०६४ माघ १४ गते पहिलो रेडियो तमोर खुल्यो ,२०६७ साल माघ १ गते रेडियो ताप्लेजुङ पनि अर्को रेडियो स्टेशन खुल्यो , त्यस पछि क्रमशः रेडियो फक्ताङलुङ र रेडियो काबेली जिल्लामा स्थापना भए सञ्चालनमा छन् ।
प्रविधिकै कारण रेडियोको आकर्षण केही घटेको भए पनि पहुँचमा भने अझै पहिलो नम्बरमै भएको रेडियो ताप्लेजुङका स्टेसन म्यानेजर देवराज गुरुङ दाबी छ । पछिल्ला समयमा रेडियो जथाभावी खोल्ने क्रम बढ्यो । कार्यक्रमको गुणस्तरमा ध्यान नदिँदा रेडियोप्रति अलिक श्रोताको रोजाइमा पढ्न नसकेको बताउनुहुन्छ। रेडियोले स्थानीय मुद्दा , स्थानीय तह सरकारी कार्यालय कार्यालय आदिका मुद्दा उठाउन नसकेको फुङलिङमा भीम बरालको अनुभब छ।
विशेषगरी रेडियोमा भाषाशैली स्थानीय भाषा तथा शुद्ध उच्चारणमा समेत रेडियोमा रहेको पाइन्छ। नयाँ पुस्ताले रेडियो धान्नुपर्ने अवस्था आएकाले पनि गुणस्तरमा कमजोर भएका जनशक्ति उत्पादन भएका र अनुभवी पत्रकारहरूले नयाँ पुस्तालाई खासै व्यवस्था गर्न नसक्दा आफ्नै स्वार्थ बाजीमा लाग्दा ताप्लेजुङमा नयाँ जनशक्तिलाई चुनौतीको रूपमा लिएको छ।
नेपालमा २००७ सालदेखि रेडियोको प्रसारण सुरु भएपनि २०५२ देखि भने एफएम रेडियो सुरु भएको थियो। नेपाल सहित विश्वभर फेब्रुअरी १३ अर्थात् आजको दिन संसारभर यो दिवस मनाउँदै आइएको हो।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
