संचार क्षेत्रमा ठुलो परिवर्त आएको छ । विहान चिराको चुस्कीसंगै पत्रिका पढ्ने पुस्ता देखि अहिले बिहान ओछयानबाट आँखा खोलन साथ सामाजिक सञ्जालान रमाइरहेका छन् पछिल्लो युवा पुस्ता । हिजो सूचना प्रप्ता गर्न पत्रिका,रेडियो र टिभी भएको घरहरुमा गरएर कहाँ के भइरहेको छ समाचारबाट थाहाँ हुन्थो । सूचनाको स्रोत पनि यी नै हुन्थ्यो । तर अहिले प्रत्येक व्यक्तिसंग सञ्चारको साधन छ । प्रायः गाउँ गाउँ समेत डिजिटल(प्रविधि) मैत्री बन्दै जाने क्रम बढ्दो छ । इन्टरनेटको बहुँज गाउँमा विस्तार हुदै गएको छ । फोरजी सेवा समेत विस्तार हुदै गएको छ । सहर देखि गाउँ गाउँ डिजिटल बन्दै गएको छ । दुर्गम गाउँका सूचनाहरु एक मिनेटमै विश्वभर पुग्न सक्ने भएको छ । तर अहिले पनि जहाँ यस्तो गाउँहरु पनि छन कुनै पनि सञ्चार माध्यमको पहुँज बाहिरका बस्तिहरु । जीर्णोद्वार र काठले छाएको घर निकै वर्ष अगाडिको जस्तो देखिन्छ । थोत्रो घरको छानोमा एउटा अग्लो खम्बा गाडिएको छ तर त्यो रेडियोको फ्रिक्वेन्सी टिप्नका लागि एन्टिना राखिएको खम्बा हो । यो दृश्य हो ताप्लेजुङको जिल्लाकै उच्च हिमाली तथा पूर्व नेपालको अन्तिम बस्ती फक्ताङलुङ गाउँपालिका–७ को दुर्गमबस्ती याङमाको हो । याङमा समुद्र सतह देखि चार हजार २०० मिटर उच्चाइमा रहेको छ । यो बस्ति ताप्लेजुङको उच्च स्थानमा रहेका बस्ति हो । याङमा गाउँमा ११ घरपरिवार बसोबास गर्दै आएका छन् । यहाँका समूदायको प्राय याक गोठमै समय बित्छ । त्यहाँ मोबाइलको टावर नभएकाले कसैसँग पनि न मोवाइल छ नत टेलिभिजन नै । स्थानीयवासी सबैले रेडियो सुन्न सक्दैनन् तर घरको छानोमा एन्टिनाको तार राख्न सक्नेले मात्र रेडियो नेपाल र केही एक दुईटा रेडियोको फ्रिक्वेन्सी भने सुन्न सक्ने दोर्जे शेर्पाले बताउनुभयो । रेडियोबाटै देश विदेशमा के भइरहेको छ भन्ने खबर प्राप्त गर्ने गरेको बताउनुभयो । शेर्पाले भने, “अगाडि त कोशी एफएम पनि अलीअली टिप्थो तर हिजोआज त्यो पनि टिप्न छोड्यो ।” याङमा क्षेत्रमा एक दुईवटा रेडियोका फ्रिक्वेन्सी सुन्ने बाहेक अन्य सञ्चारमाध्यमका पहँुच पुग्न सकेको छैन् । रेडियो पनि घरको धुरीमा तार राखेर एरियल जोड्नुपर्ने अर्का स्थानीयवासी सोनाम शेर्पाले बताउनुभयो । सञ्चारको पहुँच नभएकै कारण कुनै विशेष वा संवेदनशील खबर समयमै नपाउदा समस्यामाथि समस्या हुने गरेको याङ्माका बासिन्दाले बताउँछन् । उहाँहरुका अनुसार कुनै जरुरी सञ्चार सम्पर्क गर्नुपरेमा एकदिन पैदल हिँडेर ओलाङ्चुङगोला पुग्नुपर्दछ । त्यहाँ भने नेपाल टेलिकमले मोबाइलको टावर विस्तार गरेकाले सञ्चार सम्पर्क गर्न सहज भएको हो । मोबाइलको टावर राख्नुअघि ओलाङ्चुङगोलामा पनि सञ्चारको समस्या उस्तै थियो । बर्खा याममा भने याङ्मा–ओलाङ्चुङगोला आवतजावत गर्न सक्ने अवस्था नभएकोे याङ्मावासीले बताउनुहुँन्छ । याङ्मा खोलामा हिउँदमा काठेपुल हालेर आवतजावत गरिन्छ भने बर्खामा पुल बगाउने भएकाले ओलाङ्चुङगोलासँग सम्पर्क टुट्ने अर्का स्थानीयवासी सोनाम शेर्पाले बताउँनुभयो । उहाँ अनुसार याङ्मा गाउँदेखि एक÷डेढघण्टा दूरीको डाँडा–डाँडामा नेटवर्क खोज्दै जाँदा कुनैबेला स्काई मोबाइलमा सम्पर्क भए पनि सहजरुपले कुरा गर्न पाईदैन । मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्र र तोक्पेगाला क्षेत्रका बस्बितहरु समेत मोवाईको पहँज भन्दा बाहिर छन् । यस क्षेत्रका केहि ठाउँहरुमा भेन रेडियो सुन्न सकिने स्थानीय तेन्जिङ नुपू शेर्पाले बताउनुभयो । यस क्षेत्रमा बसोबास गर्ने समुदायहरुको पुर्खोली पेशा याक पालन हो । याक गोठहरु बस्ता गोठलाहरुको साथी नै रेडियो भएको शेर्पाले बताउनुभयो । परपरागत याक पालन हो । प्रायः याक गोठमै समय बिताउने गर्दछन् । गोठमा रहँदा पनि सूचना आदानप्रदान गर्न डाँडामा निस्केर ठूलो आवाजमा कराउने वा सुसेल्नु पर्ने हुन्छ ठूलो आवाजमा कराएको र सुसेलेको आवाज सुनेपछि एउटा गोठदेखि अर्को गोठसम्म आवश्यक सूचना आदानप्रदान हुने गरेको मिक्वाखोला गाउँपालिका—५ तोक्पेगोलाका याक पालक राजकुमार साँवाले बताउनुभयो । तीनै तहका सरकार तथा नेपाल टेलिकमले याङ्माका बासिन्दालाई सञ्चार सुविधा पु¥याउनका लागि आवश्यक पहल गर्नुपर्ने उहाँहरुको माग छ । याङवामा मोवाइल टावर राख्नका लागि पहल भइरहेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । लिम्बूले“म आफै नेपाल टेलिमकको मुख्य कार्यालयमा पुगेर याङमा गाउँमा टावर स्थापन गर्न आग्रह सहित पत्र बुझाएको छु । छ महिनामा टावर राख्ने प्रक्रिया सुरुहुने भनेको छ ।”