पछिल्लो समयमा चिराइतोको बजार मूलय क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घढ्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन । किसानले लगाएको चिराईतोको मूल्य समेत पाउँन मुस्कीलभए पछि किसानले खेती गर्न छोड्यो । तर अहिले बजार मूल्य बढ्दै गएको छ, तर उत्पादन भने विगतको तुलनामा घढ्दै गएको छ ।
फक्ताङलुङ गाउँपालिका—४ सुङसाबुका अमर लिम्बूले विगतमा ३५ मन सम्म चिराईतो उत्पादन गर्नुहुन्थो ।(४० के जीको एक मन) लिम्बूले चिराइतो भरीयामार्फत ढुवाँनी गरेर बिक्रीका लागि ओलाङचुङगोला सम्म पुर्यानुहुन्थो । ओलाङचुङगोला नजिकै रहेको टिप्ताला नाका हुदै चिराइतो चीनमा निर्यात हुन्थो ।
तेह्रथुम,पाँचथर,इलाम र ताप्लेजुङमा उत्पादन हुने चिराइतो ओलाङचुङगोला हुदै चीनमा निर्यात हुने गरेको थियो । तर कोभिड—१९ को कारणले टिप्ताला नाका बन्द भएसंगै अहिले सम्म नाका खुलेको छैन । नाका बन्द हुँदा किसानले उत्पादन गरेको चिराईतो लामो समय बजार पाउँन सकेन् । किसानले उत्पादन गरेको चिराइतोको बजार नपाएसंगै धेरै किसानले चिराइतो खेती गर्न समेत छोडेर अन्य पेशा तिर अंगाल्न पुगेका छन् ।
अमर लिम्बूले विगत ३५ मन चिराइतो बिक्री गनुहुन्थो, तर गत सता मन मात्र बिक्री गर्नु भयो । उहाँले प्रति मन ३६ हजार रुपैयाँमा गाउँमा नै व्यापारी आएर खरिद गरेको लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो“अहिले गाउँमा चिराइतो खेती छोडी सक्यो । लामो समय बजार मूल्य बढ्न नसकेको कारणले चिराइतो खेती गर्न छोढेर केहि बैदेशिक रोजगारीमा गइसेको छन् । हामी थोरैले मात्र यसो औंषधीको लागि खेती गर्दै आएका छौं ।” लिम्बूका अनुसार सुङसाबु गाउँमा विगतमा १०० मन भन्दा बढी चिराइतो उत्पादन हुन्थो । तर यस वर्ष भने ४५ मनको हाराहारीमा चिराइतो उत्पादान भएको छ । फुङलिङ नगरपालिका–१० टेकमान भट्टराईले यस वर्ष अहिलेसम्मकै उच्च मूल्यमा चिरोइतो बेचेर मनग्गे आर्जन गर्नुभयो । कोभिड महामारीका बेला ६० रोपनी जग्गामा ७ किलो चिराइतो छरेका भट्टराईले प्रति केजी एक हजार १२५ रुपैयाँका दरले सात क्विन्टल चिराइतो घरबाटै बिक्री गर्नुभयो । चिराइतो बिक्रीबाट भट्टराईले मनग्य आम्दानी गर्नुयो ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ का चिराइतो खरिद विक्री गर्दै आएको चिराइतो व्यापारी टाँसी शेर्पाले यस वर्ष ५० मन चिराइतो संकलन गरेर झापाको विर्तामोडमा लगेर बिक्री गर्नुभयो । शेर्पाका अनुसार अहिले ताप्लेजुङमा प्रति मन ४५ हजार रुपैयाँमा खरिद बिक्री हुदै आएको छ ।
गाउँमा उत्पादित चिराइतो बजारसम्म लैजान डिभिजन वन कार्यालयमा प्रतिकिलो १५ रुपैयाँ राजस्व बुझाउनुपर्छ । चालु आर्थिक वर्षमा ताप्लेजुङबाट पाँच हजार ८२० केजी चिराइतो निकासी भएको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । सो वापत ८७ हजार ३०० रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष पाँच हजार ८०० केजी ताप्लेजुङ चिराइतो उत्पादन भएको थियो, भने चिराइतोबाट ८७ हजार राजस्व संकलन भएको डिभिजन वन कार्यालय ताप्लेजुङको तथ्यांक छ । वन कार्यालयको तथ्याङ्कअनुसार ताप्लेजुङमा आव २०७७÷७८ मा १६ हजार ३०० केजी चिराइतो सङ्कलन भएको र यसबाट दुई लाख ४४ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको थियो । विगतको तुलानामा चिराइतो उत्पादनमा क्रमिक घढ्दै गएको देखिन्छ ।
चिराइतो संकलन गरेर जिल्लाबाहिर लैजान अनेक प्रक्रियागत झन्झट रहेको चिराइतो संकलक व्यापारी बताउँछन् । झार वर्गको यो वनस्पति संकलनका लागि २८ महिनामा मात्रै योग्य हुने गरेको छ । तर एक पटक लगाएपछि बर्सेनि लगाउनु भने पर्दैन । पाकेको फूल आफैं झर्छ र त्यहीँ उम्रन्छ । पहिलो वर्ष काण्डवृद्धि नभई त्यसबाट पात पलाई मुला जस्तो हुने, दोस्रो वर्ष जमिनमाथि काण्ड विकास भई हरेक आँख्लामा हाँगा र पात पलाएर आउने र यसमा फूल फुल्ने र बीउ लाग्ने किसान बताउँछन् । दुई वर्षमा सप्रेको बोट १.५ मिटरसम्म अग्लो हुने उनीहरूको भनाइ छ ।
नेपालमा कूल उत्पादनको ९० प्रतिशत चिराइतो विदेश निर्यात हुन्छ । यसमध्ये ८० प्रतिशत भारतमा मात्र निर्यात हुने बताइएको छ । बाँकी २० प्रतिशत चीन, स्वीडेन, हल्याण्ड, मलेशिया, सिङ्गापुर, जर्मनी, इटाली, फ्रान्स, स्वजरल्याण्ड, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने वनस्पति विभागले जनाएको छ ।
यो जडीबुटी विभिन्न प्रकारका रोग निको पार्न प्रयोग गरिन्छ । परम्परागत चिकित्सा पद्दति जस्तै आयुर्वेद, युनानी, होमियोप्याथी, सिद्धा, सोवारिग्पामा घरेलु औषधिको रुपमा चिराइतोको प्रयोग हुने गर्दछ । मुख्यगरी यसको प्रयोग बलवर्द्धक, ज्वरोनाशक र कब्जियत खुलाउनका लागि प्रयोग हुने वनस्पति विभागले जनाएको छ । तिब्बती चिकित्सा पद्दतिमा चिराइतोको प्रयोग पित्त र ज्वरोको प्रयोग हुने उल्लेख गरिएको छ । महिलामा हुने महिनावारी गडबडी, कब्जियत, पित्तनाशक, शरीर सुन्निएको ठाउँमा, श्वेत प्रदर, छाला रोग, दाद निको पार्न÷गर्न प्रयोग गर्न सकिन्छ भने चिराइतोबाट ब्याक्टेरिया, ढुसी आदि पनि निर्मूल गर्न सकिन्छ ।
वनस्पती विभगाका अनुसार नेपालको पूर्वी भेग ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुरदेखि मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, सल्यान, रोल्पा, डोल्पा, अछाम, डोटी, डडेलधुरा, बाजुरालगायतका जिल्लामा प्राकृतिक रूपमै चिराइतो हुनेगर्दछ ।