वैशाख ५ गते २०८२
10:06: PM
वैशाख ५ गते २०८२
10:06: PM

सवारी कारवाहीबाट आठ लाख भन्दा बढी राजश्व सङ्कलन

श्रावण १४ गते २०८०
6:17 pm
Author Avatar
फक्ताङलुङ दर्पण

देवेन्द्र बानियाँ÷ताप्लेजुङ
जिल्ला ट्राफिक प्रहरी कार्यलय ताप्लेजुङले आर्थिक वर्ष ०७९÷८० साउन महिना देखि असार मसान्त सम्मको सवारी कार्बाही तथा राजश्व सार्वजनिक गरेको छ । साउन महिनामा ५० सवारी कार्बाही बाट ३४ हजार पाँच सय, भदौ ४६००० हजार , असोजमा ५४ हजार पाँच सय , कार्तिक महिनामा ९३ हजार पाँच सय , मंसिर महिनामा ६६ हजार , पुस महिनामा ७१ हजार , माघ महिनामा ३१ हजार, फागुन महिनामा ६१ हजार पाँच सय , चैत महिनामा ८२ हजार , वैशाख महिनामा एक लाख २३ हजार पाँच सय, त्यस्तै जेठ महिनामा ९१ हजार पाँच सय, असार महिनामा ६४ हजार पाँच सय रूपयाँ राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय ताप्लेजुङ ले जनाएको छ ।
गत वर्षको साउन महिना देखि असार महिना सम्म विभिन्न सवारी साधन बाट सङ्कलित रकम र सवारी साधनको नवली यस प्रकारको छ । कारबाही पर्नेमा ११८ ट्रक, बाट ७६ हजार पाँच सय रूपयाँ राजश्व संकलन भएको छ।बस १५ वटा बाट १० हजार पाँच सय रूपयाँ राजश्व संकलन गरिएको छ।त्यस्तै जिप कार ६ सय ४३ वटा कार्बाही बाट तीन लाख ६४ हजार रूपयाँ राजश्व संकलन गर्दा ट्याक्टर १७१ वटा कार्बाही गर्दा राजश्व भने १ लाख १६ हजार पाँच सय रूपयाँ राजश्व संकलन गरेको छ। मोटर साइकिल ३२८ कार्बाही बाट राजश्व २ लाख ३३ हजार रूपयाँ राजश्व संकलन गर्दा टेम्पो ३५ कार्बाही गर्दा १९ हजार रूपयाँ राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय ताप्लेजुङले जनाएको छ । यो वर्ष कुल सवारी कार्बाही बाट ८ लाख १९ हजार पाँच सय रूपयाँ राजश्व सङ्कलन गरिएको हो । गत वर्ष ७ लाख ६९ हजार पाँच सय रूपयाँ राजश्व सङ्कलन गरिएको थियो। गत वर्ष भन्दा यो वर्ष ५० हजार रुपैयाँ बढी राजश्व सङ्कलन भएको हो ।
एक वर्षको अवधिमा जिल्लामा कुल एक हजार तीन सय दश सवारी कार्बाही बाट आठ लाख १९ हजार पाँच सय रूपयाँ राजश्व प्राप्त हुँदा सबै भन्दा बढी वैशाख महिनामा दुई सय सवारी कार्बाही बाट १ लाख २३ हजार पाँच सय रूपयाँ राजश्व संकलन भएको हो ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo