वैशाख ६ गते २०८२
08:11: PM
वैशाख ६ गते २०८२
08:11: PM

मेरिङदेनमा आगलागीबाट ४४ लाखको क्षति

माघ ११ गते २०८०
8:17 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङमा एक घरमा आगलागीबाट ४४ लाख बराबरको क्षति भएको छ । जिल्लाको मेरिङदेन गाउँलिका—६ नाल्बुमा एक घर आगलागी हुँदा सो बराबरको क्षति भएको हो । जिल्ला प्रहरी ताप्लेजुङका अनुसार नौनी घ्यू तताउने क्रममा उम्किएको आगोले घर जलेको हो । कर्णबहादुर नाल्वोको तीन तले घर जल्दा ४४ लाख मुल्य बरावरको क्षति भएको वडाध्यक्ष मनोज कुमार तुम्वाहाम्फेले बताउनुभयो ।
पान्दोलुङ माध्यमिक विद्यालय नजिकै रहेको घरमा बिहीबार दिउँसो समयमा आगलागी भएको थियो । सुरुमा सानो देखेर सबैजना आगो निभाउन लागेपनि नियन्त्रणमा लिन नसक्दा घरको सम्पुर्ण सामान जलेको जिल्ला प्रहरीले कार्यालय ताप्लेजुङले जनाएको छ । ‘दाउरा बालेर अगेनामा नौनी घ्यू बसाएर काकी बाहिर निष्कनुभएछ,’ वडाध्यक्ष तुम्वाहाम्फेले भन्नुभयो, ‘घ्यू उम्लिएर पोखिएर अगेनामा परेर आगोले ठुलो रुप लियो । सर्वस्व जल्यो।’ एकतला पक्की रहेको घरको माथिल्लो तलामा भने काठ र टिन लगाइएको थियो । बिक्री गर्न तयार पारिएको अलैंची लगायतका सामग्री जलेको गाउँपालिकाले जनाएको छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo