वैशाख ६ गते २०८२
06:11: AM
वैशाख ६ गते २०८२
06:11: AM

घरदैलोमा सेवा प्रदान गर्दै स्थानीय तह

पौष २५ गते २०८०
9:10 pm
Author Avatar
फक्ताङलुङ दर्पण

पछिल्लो समयमा सर्वसाधरणले घरदैलोमा नै सेवा पाउँन थालेका छन् । विगतमा एक दिन समय खर्चेर पैदल यात्रा गरेर सेवा लिन कार्यलय पुग्न पुर्ने हुन्थो । तर अहिले स्थानीय तहरुले घरदैलामा नै सेवा दिन थालेका छन ।
त्यस्तै ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका क्षेत्रका बासिन्दालाई गाउँघरमै पुगेर सेवा प्रदान गर्नेगरी ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले एकिकृत घुम्ति शिविर सुरु गरेको छ । पालिकाका ६ वटै वडाका नागरिकहरुको घरदैलोमै पुगेर सेवा बितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले जानकारी दिनुभयो । उहाँका अनुसार एकिकृत घुम्ति शिविरमार्फत योजनाको सम्झौता देखि सामाजिक सुरक्षा भत्ता बितरण,अपाङ्गता परिचयपत्र बितरण,व्यवसाय दर्ता तथा नविकरण र ६० बर्ष माथिका नागरिकको सामान्य स्वास्थ्य परीक्षण सुगर,प्रेशर,पल्स,अक्सिजन आदि सहितका सेवा एकसाथ प्रवाह गरिदैं आएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरेका अनुसार वडा नं १ नाङखोल्याङ र वडा ३ तिरिङ्गेमा एकिकृत घुम्ति शिविरमार्फत सेवाग्राहीलाई सेवा प्रदान गरिसकिएको छ । यसपछि वडा नं ४ डुम्रिसे,वडा नं ५,चाक्सिबोटे र वडा नं ६ थुम्बेदिनमा एकिकृत घुम्ति शिविरमार्फत सेवाग्राहीकै घरदैलोमा पुगेर सेवा प्रदान हुने घिमिरेले जानकारी दिनुभयो ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo