नेपाली काङ्ग्रेसद्वारा नगर सरसफाई गर्दै मनायो ४८ औं मेल मिलाप दिवस
Phaktanglung Darpan
पौष १६ गते २०८०
8:46 pm
फक्ताङलुङ दर्पण
देवेन्द्र बानियाँ नेपाली कांग्रेस ताप्लेजुङ सहित देश भर आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइएको छ । पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिनमा कांग्रेसले मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ। यता ताप्लेजुङ काङ्ग्रेसले फुङ्लिङ बजारमा सरसफाई तथा तोक्मे डाँडामा रहेको बसपार्क सरसफाई गर्दै ४८ औं मेल मिलाप दिवस मनाइएको पाथीभरा बहुमुखी क्याम्पसका स्ववियु सभापति अर्जुन खिम्दिङ ले जानकारी दिनु भयो। पार्टी सभापति गजेन्द्र तुम्याहाङ जिल्ला कार्य समिति तरुण दल र नेपाल विद्यार्थी संघ लगायतका काङ्ग्रेस सँग आबद्ध भातृ संस्था तथा सुबिछुक सस्थाको उपस्थिति रहेको किपा शेर्पाले जानकारी दिनु भयो। वीपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा मेलमिलाप दिवस मनाइन्छ। कांग्रेस र भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजनागरी एकता तथा मेलमिलाप दिवस मनाएका हुन् । प्रत्येक वर्ष पुस १६ गते काङ्ग्रेस ले मेलमिलाप दिवस मनाइँदै आएको छ ।