वैशाख ५ गते २०८२
07:28: AM
वैशाख ५ गते २०८२
07:28: AM

मुक्कुमलुङ हाम्रो माङगेन्ना स्थल हो

पौष १६ गते २०८०
6:06 pm
Author Avatar
फक्ताङलुङ दर्पण

-ज्ञानु फुरुम्बु(चरपे)
ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल मुक्कुमलुङ पाथीभरा समुद्र सहतबाट ३७९४ मिटरमा रहेको शक्तिपिठलाई याक्थुङहरुको पबित्र सर्वशक्तिमान पिठको रुपमा हेर्ने गरिन्छ । वरिपरि याक्थुङ लिम्बुहरुको बस्ती अधिक रुपमा बसेबास रहेको छ । फुरुम्बो,लिमखिम,फावाखोला,सिकैँचा,तापेथोक,जस्ता गाउँहरु मुक्कुमलुङको काखमा रहेको छ । ति गाउँका याक्थुङ लिम्बुहरुले परम्परा देखि नै मुक्कुमलुङलाई युमाको रुपमा मान्ने गरेका छन । याक्थुङ लिम्बुहरुले मान्दै पुज्दै आएका हाङसाम युमामाङ हाङसाम थेवा माङको भेट दर्शन भएको साथै सर्वशक्तिमान युमामाङको शक्तिपिठको रुपमा पुज्ने गरेका छन । प्राचिन काल देखि याक्थुङहरुको मुन्धुमि स्थलसंग जोडीएता पनि पछिलो समयमा याक्थुङहरुको सत्य साचो ऐतिहासिक प्रमाणलाई लुकाएर छलकपट गरि मुक्कुमलुङको बिरुद्वमा पाथीभरा देवी भनेर नाम राखियो संघ,सस्था खोलियो प्रचार बाजि गरियो याक्थुङ मुन्धुमसंग सम्बन्धीत प्राचिन नाम मुक्कुमलुङलाई बिस्थापित गरियो यो हुनु नै सिङगो याक्थुङहरुको माङगेन्ना लुङधुङ ढल्नु हो यसलाई मध्यनजर गर्दै अब कुनै हालतमा चुक्ने छैन याक्थुङ लिम्बुहरु आफ्ना माङगेन्ना चोत्लुङ उठाउन सुरक्षा गर्नका निम्ती गाउँ गाउँ बस्तीबाट जिल्ला जिल्लाबाट उठन तयार छन ।
मुक्कुमलुङ याक्थुङ (लिम्बु) जातीहरुको मुन्धुमसंग जोडीएको धार्मिक सास्कृतिक महत्व बोकेको मुक्कुमलुङमालाई बिकास र समृद्विको नाममा अतिक्रमण गरिन्दै छ प्रकृतिक रुपमा सुसजित मुक्कुमलुङ तथा याक्थुङहरको माङगेन्नालाई बिकासको नाममा कुरुप बनाउन नाफाखोरी दलालहरुको गिद्वे नजरहरु चुरुमुराउदै छ तर स्थानीय याक्थुङहरुले यो सपना साकार गरिदिने कुनै बाटो देखिन्दैन । मुक्कुमलुङलाई प्रोटेक्ट गर्न लामो समय देखि आन्दोलन गर्दै आएका छन कि मुक्कुमलुङ जस्तै छ त्यस्तै रहन देउ रहनु पर्छ आधुनिक बिकासको नाममा याक्थुङ मुन्धुमी स्थललाई बिधङस गर्ने कुनैलाई पनि अधिकार छैन ।
मुक्कुमलुङ आदिमकाल देखि बसोबास गर्दै आएका स्थानीय रैथाने याक्थुङहरुले आफ्ना पबित्र तथा सर्बच्च माङगेन्न चोत्लुङ शिरको रुपमा पुकार्दै आएका छन । चाहे मानव कल्याण विश्व शान्ति वा हरेक प्रकारका मनकाक्षा किन नहोस मुक्कुमलुङलाई सम्झिने गरिन्छ ।
मुकुम्लुङ परम्परा देखि येवा,साम्बा,माङदेम्बा,फेदाङमा,सेवासाबा,तुतुम्याहाङ लगायत धामी झाँक्री सबैले मुकुम्लुङमालाई साची रहेर मुन्धुम बाच्न गर्छन मुधुक्मा गर्छन यो कुरा बिगत लामो समय देखि हामीले अग्रजहरुबाट सुन्दै आएका छौ । याक्थुङहरुले तङसिङ,या फोङसिङमा होस मुक्कुमलुङ माङको नाम उच्चारण नगरि अधुरो र सेवा माङमा नपुग्ने बताउ छन ।
के अब त्यस्तो ऐतिहासक धार्मिक याक्थुङहरुको माङगेन्ना चोत्लुङलाई ढाल्न र धस्त बनाउन लागेको अबस्थामा हामी सम्बन्धीत स्थानीय सरोकारवाला अधिकारवालहरु बिकास र समृद्विको नाममा आफ्नौ शिर छेदन गर्न साथ दिने हो त ?
हामी बिकास बिरोधी होईन अहिलेको परिबेशमा बिकास चाहि छ अहिलेको मानव जिवनमा बिकास र परिवर्तनले धरै उचाईमा पुर्याएको छ तर बिकास निमार्णको पनि त सिमा हुन्छ हौनर । कस्तो ठाउमा कुन किसिमको बिकास या भौतिक संरचना निमार्ण गर्ने त्यो ठाउ केसंग सम्बन्ध र महत्व छ यो पहिचान गर्नु जरुछ ।
मुक्कुमलुङमा केवुकार निमार्ण गर्नु भनेको अशान्तिको जग बसाल्नु हो र अर्काे कुरा बिगत लामो समय देखि शान्ति तरिकाले बसेका याक्थुङ (लिम्बु)हरुलाई चिडएउनु हो किनकी उहाँहरुले मुक्कुमलुङलाई प्राण भन्दा धेरै माया गर्छन उहाँहरुको( सेक्रेट स्थल हो) । मुक्कुमलुङको अस्थित्व संरक्षण गर्न जुन सुकै
परिस्थितिसंग सामना गर्न तयार छन । निमार्णकर्ताले यो परिस्थितिलाई सामन्य नसम्जे हुन्छ । हामी बिकासको बिरुद्वमा उभिएका छैनौ तर मुक्कुमलुङको प्रकृतिक स्वरुप बिगारेर बिधङस गरेर कुनै मेघा प्रोजेक्टहरु संचालन गर्ने कुनै कम्पनीलाई पनि अधिकार छैन । किनकी याक्थुङहरुको चोत्लुङ शिर हो । माङगेन्न हो । उहाँहरुको सर्बच्च आस्थाको केन्द्र युमा माङको बास स्थान हो । यस्तो पबित्र स्थलमा पैसा कमाउने नाउमा डेटीङ स्पोर्ट बाउन चाहादैनौ । त्यहाँ जे हुन्छ निर्णय गर्ने अधिकार याक्थुङहरुलाई छ ।
याक्थुङहरु यो भुमिमा आदिमकाल देखि बसोबास गर्दै राज्य सता चलाउदै आएको साथै भुमिको मालिक हुन भनेमा कसैले नकार्न सक्दैन । याक्थुङहरु परम्परा देखि नै आफ्नै भाषा बोल्ने,लेख्ने,संस्कार,सास्कृति र नियम कानुनमा बसेर तुम्याहाङ प्रणाली लागु गर्ने गर्थे त्यहि समयमा नै ठाउ गाउको नाम पहिचान गरि बैज्ञानिक तवरमा नामहरु राख्ने गर्थे त्यो कुरा आज पनि ऐैना जती नै छर्लङ छ । जस्तो मुक्कुमलुङ मुक भनेको शक्ति लुङ भनेको विशाल पहाड वा ढुङगा समग्रमा मुक्क केगुवा लुङ अर्थ शक्तिबोक्ने पहाड वा चट्टान याक्थुङ लिम्बुहरुको सर्वशक्तिमान युमा माङको बास स्थान भएकोले मुक्कुमलुङ भन्दै एकाछन । यति मात्र कहाँ होर फक्ताङलुङ,सेवालुङ,सेसेलुङ,चम्चम्लुङ,केवालुङ,कावामा,इम्बिरी थाङवामा,यभक्लुङ फावामा मिक्वामा, जस्ता सयौं खोला नाला ठाउ,गाउको नाम लिम्बु भाषामा राखेका छन ।
त्यही प्राचिन समयमै नाम रहन्दै आएको मुक्कुमलुङ कसरी आज आएर पाथीभरा भयो किनकी यसरी पूर्वका याक्थुङ लिम्बुहरुको धार्मिक शक्तिपिठहरु अतिक्रमण हुदै छन विकास र समृद्विको नाममा अब याक्थुङ लाजेका भुमि पुत्रहरुले सोच्न जरु भएको देखिन्छ ।
जब १८३१ मा गोर्खाका राजा पृथ्वीनायाराण शाहले बनाउटी र देखाउटी सम्वन्ध राखेर यहाका सबै भुमिभुत्रहरुको भाषा,लिपी,धर्म,संस्कार,थाकथलो नस्ट गर्ने निति अबलम्बन गरे त्यहि समय देखि हिन्दुअतिवादी दमनले यो ठाउमा जरा गाडयो त्यस पछि कति ठाउहरु अप्रभंस भए भने याक्थुङहरुको शक्तिशाली धार्मिक स्थलहरु नाम परिबर्तन गरी हिन्दु धार्मिक स्थलको रुपमा प्रचार प्रसार गरियो । यसको शिकार मुक्कुमलुङ एक हो ।
रैथाने याक्थुङहरुले मुक्कुमलुङ भन्दै आएको आफ्ना सर्बच्च शक्तिपिठ एकासी नाम परिबर्तन भएर पाथीभरा हुन पुग्यो । यसरी याक्थुङहरुको शक्तिपिठहरु धेरै ठाउमा हिन्दु कृति गरियो गर्ने प्रयास नगरिएको होईन । मयङलु,सुम्जिरि सुमात्लुङ,कुमायक कुसायक जस्ता ठाउमा अतिक्रमण नभएका होईन तर मुक्कुमलुङलाई
चाहि बिस्थापित नै बनाए ।
के अब मुक्कुमलुङलाई संरक्षण गर्ने कि नगर्ने घरमा श्रीमतीसंग परिवारसंगमा झगडा गर्दै जाड र रक्सीको भट्टीमा बसेर संसार जित्ने गफ मात्र दिने हो की ? आफ्नो चोत्लुङ मुक्कुमलुङको सरक्षणमा पनि लाग्ने हो ?
याक्थुङहरुको चोत्लुङ माङगेन्ना शिर ढाल्न याक्थुङ लिम्बु नै प्रयोग गरिन्दै छ क्या गजब यो दुनियाँ हाम्रो समाजले कहिले बुझ्ने हो । मुक्कुमलुङ संयक्तु संघर्ण समितिले सिङगो याक्थुङहरुको माङगेन्ना चोत्लुङ साथै हजारौ भक्तजनहरुको बिश्वास र आस्थाको केन्द्र भनेर परिचित मुक्कुमलुङलाई संरक्षण गर्नु पर्छ यहा कुनै पनि मुक्कुमलुङको पबित्र आस्थामा आँच आउने भौतिक संरचाना निमार्ण गर्नु हुन भनिरहन्दा केवुकार निमार्ण कर्ताले त्यसको बिरुद्वमा लिम्बहरुलाई नै प्रयोग गरेको देखिन्छ । फुङलिङ नगरपालिकाको मेयर अमिर मादेन अहिले न्वाराको बल निकालेर निमार्ण पक्षलाई साथ दिईरहेको देखिन्छ । बिचार मेयर साबलाई ठुलै बिकास गरेको भाव भएको होला आफ्नै शिर ढालेर याक्थुङहरुको मुन्धुमी आस्था बिधङस बनाएर ।
तर यो सपना नदेखे हुन्छ मुक्कुमलुङलाई संरक्षण गर्न हिजो ताप्लेजुङका याक्थुङहरु मात्र लागेका थिए भने आज बिभिन्न जिल्लाका याक्थुङ लगायत सिङगो याक्थुङ लिम्बुहरुको मातृ संस्था किरात याक्थुङ चुम्लुङ र बिभिन्न पहिचानवादी संघ,सस्था,र पहिचावादी दलहरु मुक्कुमलुङ संरक्षणका लागि तरवार भएर उभिएका छन ।

मुक्कुमलुङ पाथीभरा प्रकृतिक शक्तिपिठ हो यस्ता ठाउमा अधिकामस तिर्थयात्री भक्तजनहरु दुइ चार घण्टाको पैदयात्रा गरेर माङ देवीको दर्शन गर्न मन पराउछन धार्मिक परम्परा अनुसार देवी देवताको दर्शन गर्दा दुख कष्ट नगरि शिद्विशक्ति,पुण्य प्रात हुन्दैन भने बुझाई छ । त्यहि भएर मुक्कुमलुङ पाथीपारा देवी दर्शन गर्न आउने भक्तजन दुइचार घण्टा कष्ट गर्न रुचाउ छन । धार्मिक स्थल केदारनाथ,परसुरा जस्ता स्थालमा आज पनि कष्ट गरेर दर्शन गर्छन हिडन नसक्नेका लागि सयौं युवा तथा कामदारहरु खटाएको छन बोकेर भए पनि दर्शन गराएका छन । के भारत सरकार गरिव भएर यो ठाउमा भौतिक संरचना बनाउन नसकेको हो त ? होईन यसका प्रकृतिक अस्तित्व पबित्रता कायम सच्छ राख्नलाई हो अनि मुक्कुमलुङमा चाहि केवुलकार चाहिने बर्षाै देखि जाबो तिर्थयात्री हिडने सडक निमार्ण भएको छैन
मुक्कुमलुङ पाथीभरामा केबुकार हिजो देखि आज सम्म केबुकार नहुन्दा पनि लाखौ भक्तजनले दर्शन गरेका छन । हिडन नस्क्नेलाई संयौ युवाहरु कामदारहरुले बिगत समय देखि नै भतजनलाई बोकेर भएपनि सेवा दिएका छन मुक्कुमलुङको दर्शन गराएका छन ।
मुक्कुमलुङ पाथीभरा प्रकृतिक शक्तिपिठ हो यस्ता ठाउमा अधिकामस तिर्थयात्री भक्तजनहरु दुइ चार घण्टाको पैदयात्रा गरेर माङ देवीको दर्शन गर्न मन पराउछन धार्मिक परम्परा अनुसार देवी देवताको दर्शन गर्दा दुख कष्ट नगरि शिद्विशक्ति,पुण्य प्रति हुन्दैन भने बुझाई छ । त्यहि भएर मुक्कुमलुङ पाथीपारा देवी दर्शन गर्न आउने भक्तजन दुइचार घण्टा कष्ट गर्न रुचाउ छन । हिन्दुहरुको धार्मिक स्थल केदारनाथ,परसुरा जस्ता स्थालमा आज पनि कष्ट गरेर दर्शन गर्छन हिडन नसक्नेका लागि
सयौं युवा तथा कामदारहरु खटाएको छन बोकेर भए पनि दर्शन गराएका छन । के
भारत सरकार गरिव भएर यो ठाउमा भौतिक संरचना बनाउन नसकेको हो त होईन
यसका प्रकृतिक अस्तित्व पबित्रता कायम सच्छ राख्नलाई हो । अनि मुक्कुमलुङमा चाहि
केवुलकार चाहिने बर्षाै देखि जाबो तिर्थयात्री हिडने सडक निमार्ण भएको छैन । भक्तजनहरुले बर्षाै देखि कष्ट भोगेको नदेख्ने मुक्कुमलुङलुङ पाथीभरामा केवुलकार निर्माण हुन्दा सिङगो जिल्ला
बिकासले काचुली फेरीएको मान्न सकिन्दैन ।
मुक्कुमलुङ पाथीभरामा हिजो देखि आज सम्म केबुकार नहुन्दा पनि लाखौ भक्तजनले दर्शन गरेका छन हिडन नस्क्नेलाई संयौ युवाहरु कामदारहरुले बिगत समय देखि नै भतजनलाई बोकेर भएपनि सेवा दिएका छन मुक्कुमलुङको दर्शन गराएका छन । सारा भक्तजन खुसि नै छन हिजो देखि आज सम्म त्यसैले मुक्कुमलुङमा पाथीभरामा केवुकारको कुनै ओैचित्य छ जस्तो लाग्दैन । किनकी मुक्कुमलुङ आफैमा प्रशिद्व हो मुक्कुमलुङ याक्थुलुङ लिम्बुहरुको चोत्लुङ हो आस्था माङगेन्न हो । त्यसले सहमति सहकार्य साथै एकले अर्काेको अस्तित्वलाई ससम्मान गर्न सकिएन भने कुनै कुराले निकास पाउ दैन त्यसैले यो बिषयमा निमार्ण पक्ष र स्थानीय सरकारले आन्दोलकारीहरुको भावना आकाक्षालाई ख्याल गर्नु पर्ने देखिन्छ ।
म त मुक्कुमलुङमा अब उप्रन्त कुनै भौतिक संरचाना निमार्णमा नहोस भन रुचाउ छु । सामान्य सानतिना नभई नहुने बाहेक तर यो भनिरहन्दा बिकास बिरोधी भन्नू होला ठिकै छ केही छैन । तर केवुकार बनोस भनेर लाग्नेहरुले स्थानीय प्रभाबित क्षेत्रका जनता र सरोकारवालाहरुलाई कसरी बुझाउनु भा छ । त्यहाको गुरुयोजना कसरी बुझ्नाउनु देखाउन भएको केवुलकार निमार्ण हुन्दा के के कुरामा फाइदा हुन्छ र कुन कुराले असर गर्छ भनेर कहिले सर्वसाधारण जनसमुदाय सम्म कहिले पुग्नु भएको छ ।
कुन ठाउँमा गएर सार्वजनिकरण गर्नु भएको छ । रात रात तस्कर शैलीमा प्रबेश गरेर सोझासिधा जनसमुदायहरुको आकाशको फल देखाएर मख्ख पारेर हुन्छ ।
ताप्लेजुङको अस्तित्व बचाएर अटल रहेको मुक्कुमलुङ,याक्थुङ लिम्बुहरुको सर्वशक्तीमान पवित्र धार्मिक स्थल शिर चोत्लुङमा केवुकार निमार्णले एक नाफा भएता पनि दशै बिसौं घाटा हुन्दै छ । सधै भरि हरयाली देखिने मुक्कुमलुङमा दस हजार भन्दा माथी रुखहरु नस्ट हुन्दै छ । संबिधानले संरक्षण गरेको राष्ट्रिय फुल लालीगुरास हजारौ काटिन्दै छ । साम्माङ सिङ लगात विभिन्न लेपोन्मुख रुखहरु नस्ट गरिन्दै छ । बिश्वमा दुर्लभ रेडपाण्डा जस्ता वन्यजन्तुको बासस्थान र खेल्ने चरन बिनास गरिन्दै छ प्रकृतिक र पर्यबारणमा समस्या निम्तिने छ । बहुमुल्य जडिबुटी अन्त्य हुन्दैछ । पवित्र आस्था र बिश्वासको केन्द्र डेटिङ स्पोर्ट टुडिखेल बन्दै छ कुनै असली मुक्कुमलुङ पाथीभरा कहाँ हो भनेर टच बालेर खोज्ने दिन आउँछ यहाँ दुईचार जनाको बिकासको नाउमा पैसा कमाउने दाउमा स्वार्थी पापि ब्यक्तिहरुले गर्दा आउदो दिनमा मुक्कुमलुङमा जटिल परिस्थिति नआउला भन्न सकिन्न ।
बिगत समय देखि हजारौ भक्तजनहरुलाई सेवा दिएर बसेका फेदीका जनताहरुलाई कसरी ब्याबस्थापन गर्ने रोजगार पाएका सयौ युवाहरुलाई कसरी एडजस्ट गर्ने स्थानीय बासीहरुलाई प्रोजेक्टबाट कस्तो लाभ अवसर प्राप्त गर्ने स्थानीय सरकारले
के पाउने कति पाउने प्रभाबित क्षेत्रका जनतालाई कति शेयर लागनी दिने यस्ता कुराहरु धेरै छन तर यो कुरा जनता समक्ष नराखि योजना संचालन गर्नु भनेको भ्रष्टचारी तस्करीहरुलाई साथ दिनु हो । स्थानीय सरोकारवालाहरुको इच्छा बिपरित कार्य योजना संचालन गर्नु हो । कहिले केबलकारको नाम फेरीने कहिले मान्छेको नाम फेरीने कहिले जग्गाको दाम र मुल्य रात रात मुल्य बढने केबलकार संचालनमा नआईकन करोडौ नाफा झ्वाम हुने अनि जनतालाई बिकास र समृद्विको पाठ पढाउने ।
जग्गा घोटला
२०७४ सालमा ५९ रोपनी १५ आना जग्गा ७ लाख बिस हजारमा खरिद गरि त्यहि ५९ रोपनी जग्गा मध्येबाट केवुलकार कम्पनीलाई ४४ रोपनी बेचेको देखिन्छ ४४ रोपनी जग्गाको मूल्य कति हो भने २९ करोड ८५ लाखमा केवुलकार कम्पनीलाई बेचिएको देखिन्छ । यहाँ हेर्ने हो भने प्रति रोपनी ६७ लाख ८४ हजार ९० रुपैयाँ परेको देखिन्छ । जम्मा ७२ लाख २० हजार रुपैयाँमा खरिद गरेको जग्गा कसरी रातरात ४४ रोपनी जग्गाको दाम २९ करोड ८५ लाख रुपैयाँ पुग्यो यस बिषयमा हामीले खोज्ने कि नखोजने के यस्तो कुरा देखि देखि शेयर लगाउनु हुन्छ सक्नु हुन्छ आज नानाभाती कुरा गरेर हामीलाई फकाउदै छ जब करपर्छ तव चाकफर्काएर देखाउने छन । के हामीले यस्ता दलाल भ्रष्टचारी तस्कर,माफियाहरुसंग दुई चार खोका दियो भन्दैमा लम्पसार पर्ने हो । यो कुरा समयमै सचेत भएर स्थानीय सरोकारवालाहरुले खोज्न र रोक्न सकिएन भने मुक्कुमलुङ पाथीभरा दलाल र भ्रष्टचारीहरुको कमै खाने भाडा भने छ । यदि केवुलकार बन्यो भने यहा बस्नेहरुले अवसर पाउनु त कुरौ नगरौ बिर्तामोड देखि फेदी सम्म केवुकार कम्पनीले कब्जा गर्ने छ । गाडी,घोडा,होटल,भक्तजन सबै अनी हामी ँमख परेर कुरा गर्छाै केवुकार बन्यो भने जिल्लाकै समृद्वि रे कठै बरा ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo