प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कप ः आज मोरङ र सुनसरी उपाधिकालागि प्रतिस्प्रर्धा हुने
Phaktanglung Darpan
पौष ११ गते २०८०
11:15 am
फक्ताङलुङ दर्पण
देबेन्द्र बानियाँ /ताप्लेजुङ ताप्लेजुङमा जारी प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कपको आज दिउँसो मोरङर र सुनसरी बिच उपाधिका लागि प्रतिस्प्रर्धा हुने भएको छ । सदरमुकाम फुङ्लिङको भनुजन माध्यमिक खेल मैदानमा उपाधिको लागि फाइनल खेल हुन लागेको हो । (सोमबार) दिउँसो दोश्रो सेमिफाइनल खेलमा पाँचथर पराजित गर्दै सगरमाथा युथ क्लब मोरङ फाइनलमा प्रवेश गरेको छ । ४—३ गोल अन्तरले पछि पार्दै सगरमाथा युथ क्लब फाइनलमा प्रवेश गर्नुभयो थियो । खेल समय अवधिमा १—१ गोलमा बराबर भए पछि पेनल्टीमार्फत ५—४ गोल अन्तरले मोरङ फाइनलमा प्रवेश गरेको आयोजकले जनाएको छ । पाँचथरले जलथल फुटबल क्लब झापालाई १–० र मोरङले बीटी फुटबल क्लब तेह्रथुमलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्नुभएको थियो । फाइनल उपाधीका लागि मोरङ र सुनसरी बिच आज प्रतिस्प्रर्धा गर्ने छन् । आइतबार भएको सेमिफाइनलको पहिलो खेलमा सुनसरीले आठराई गाउँपालिका तेह्रथुमलाई १–० गोलअन्तरले हराउँदै फाईन प्रवेश गरेको हो । सेमिफाइनलमा पराजित तेह्रथुमले क्वाटरफाइनलमा राराफुटबल क्लब धनकुटालाई १–० ले पराजित गरेको थियो । त्यस्तै सुनसरीले आयोजक कञ्चनजंघा फुङलिङ क्लबलाई २–१ गोलले स्तब्ध बनाउँदै फाइनलको यात्रा समेत तय गरेको छ । खेलको बिजेताले नगद तीन लाख दुई हजार ८० र उपविजेताले एक लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।…
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।