नेपाल नेत्र ज्योति संघ ताप्लेजुङले रजत महोत्सव बनाउँदै
Phaktanglung Darpan
पौष ९ गते २०८०
12:40 pm
फक्ताङलुङ दर्पण
नेपाल नेत्र ज्योति संघ ताप्लेजुङले रजत महोत्सव अन्तर्गत आज विविध कार्यक्रम आयोजना गरेको छ । संघले ताप्लेजुङमा स्थापना भएको २५ वर्ष पुगेको अवसरमा तीन तिन विभिन्न कार्यक्रम गरेर रजत महोत्सव मनाउन लागेको हो । नेपाल नेत्र ज्योति संघले ज्योति स्मारिका विमोचन, शुभकामना आदान–प्रदान, प्रशंसा पत्र तथा कदर पत्र प्रदान लगायतका कार्यक्रमको आयोजना हुने संघले जनाएको छ । संघका जिल्ला उपसभापति खगेन्द्र अधिकारीका अनुसार केन्द्रिय अध्यक्ष चेतराज पन्त समेत कार्यक्रममा सहभागी हुने छ । संघले आइतबार फुङ्लिङमा रजत महोत्सवको पहिलो दिन प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । फुङलिङस्थित तोक्मेडाँडाबाट सुरु भएको प्रभातफेरी डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङको परिसरमा पुगेर समापन भएको थियो । पहिलो दिन आँखा सचेतना सम्बन्धी प्रभातफेरी कार्यक्रमको आयोजना गरि महोत्सवको सुरुवात गरिएको हो । रजत महोत्सवकै अवसर पारेर मंगलबार नेपाल नेत्र ज्योति संघ ताप्लेजुङको संयोजनमा नेत्र ज्योति संघको कोशी प्रदेश समितिको दोस्रो अधिवेशन समेत फुङलिङमै हुने नेपाल नेत्रज्योति संघ ताप्लेजुङले जनाएको छ ।…