प्रथम कञ्चनजंघा सेसेलुङलु गोल्ड कप ः आज मोरङ र पाँचथरबिच सेमी फाइनलमा प्रतिस्पर्धा हुने
Phaktanglung Darpan
पौष ९ गते २०८०
8:37 am
फक्ताङलुङ दर्पण
ताप्लेजुङमा जारी प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कपको आज(सोमबार) दिउँसो दोश्रो सेमिफाइनल खेलमा पाँचथर र सगरमाथा युथ क्लब मोरङ बिच प्रतिस्प्रर्धा हुने छ । फाइनल प्रवेशका लागि आज पाँचथर फुटबल क्लब पाँचथर र सगरमाथा युथ क्लब मोरङ प्रतिस्प्रर्धा गर्न लागेको हो । पाँचथरले जलथल फुटबल क्लब झापालाई १–० र मोरङले बीटी फुटबल क्लब तेह्रथुमलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्नुभएका हुन् । आजको विजेताले फाईनलमा चक्रघट्टी फुटबल क्लब सुनसरीसँग उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् । आइतबार भएको सेमिफाइनलको पहिलो खेलमा सुनसरीले आठराई गाउँपालिका तेह्रथुमलाई १–० गोलअन्तरले हराउँदै फाईन प्रवेश गरेको हो । सेमिफाइनलमा पराजित तेह्रथुमले क्वाटरफाइनलमा राराफुटबल क्लब धनकुटालाई १–० ले पराजित गरेको थियो । त्यस्तै सुनसरीले आयोजक कञ्चनजंघा फुङलिङ क्लबलाई २–१ गोलले स्तब्ध बनाउँदै फाइनलको यात्रा समेत तय गरेको छ । चासोक तङनामको अवसरमा कञ्चनजंघा फुङलिङ क्लब, ङा वोरक सङजुम्भो र चासोक तङनाम सञ्चालक समितिको संयुक्त पहलमा प्रतियोगिता आयोजना गरिएको हो । खेलको बिजेताले नगद तीन लाख दुई हजार ८० र उपविजेताले एक लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।…