वैशाख ५ गते २०८२
10:29: PM
वैशाख ५ गते २०८२
10:29: PM

प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कपः सुनसरी फाइनलमा प्रवेश

पौष ८ गते २०८०
8:12 pm
Author Avatar
फक्ताङलुङ दर्पण

देवेन्द्र बानिया÷ताप्लेजुङ
ताप्लेजुङमा जारी प्रथम कन्चनजङ्गा सेसेलुङ गोल्ड कपको पहिलो सेमी फाइनल खेलमा तेहृथुम आठराई गाउँ पालिकालाई पराजित गर्दै सुनसरी फाइनलमा प्रवेश गरेको छ । सुनसरी जीतमा पहिलो हाफको ३७ औं मिनेटमा आकाश राईको गोल गर्दै टिमलाई फाइनल सम्मको यात्रामा पुर्याएका हुन । आठराईले खेलको अन्तिम समयमा खेल प्रस्तुत गर्दा समेत सेमी फाइनल मै यात्रा पूर्णविराम लागेको हो । आठराई दुई विदेशी खेलाडी सहित मैदान उत्रिदाँ मोरङ भने ए डिभिजन खेल्ने खेलाडीको साथ मैदान उत्रेको थियो
सोमबार हुने अन्तिम सेमीफाइनल खेलमा पाँचथर फुटबल क्लब पाँचथर र सगरमाथा युथ क्लव सुनसरी बीच खेल हुने आयोजकले जनाएको छ। सोमबार जित्ने टिमले उपाधिका लागि ११ गते प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
आइताबार खेलको म्यान अफ दि म्याच मोरङकाका सुदिप प्रधान घोषित हुनेभएको थियो । उहाँले पाँच हजार प्राप्त गर्नुभएको आयोजकले जनाएको छ ।
खेल पुस ११ गते सम्म संचालन हुने छ । प्रतियोगितामा आठ टिमको सहभागिता रहेकोछ । प्रथम हुनेलाई ट्रफी मेडल प्रमाण पत्र सहित तीन लाख दुइ हजार ८० रुपियाँ प्राप्त गर्दा उपविजेताले हुने टिमले एक लाख ५१ हजार ८० रूपयाँ प्राप्त गर्ने खेल सह संयोजक दिनेश लिङ्गखिमले जानकारी दिनुभयो ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo