वैशाख ६ गते २०८२
06:32: AM
वैशाख ६ गते २०८२
06:32: AM

हराउँदै गयो फापर खेती

पौष ७ गते २०८०
2:08 pm
Author Avatar
फक्ताङलुङ दर्पण

यहाँ उत्पादित फापर बाली लोपन्मुख अवस्था पुगेको छ । हिमाली तथा पहाडी भेगमा उत्पादित फापर अन्नबाली हराउँदै गएको हो । व्यावसायिक रुपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा लोपन्मुख अवस्थामा पुगेको हो ।
फक्ताङलुङ गाउँपालिका—६ का मनमाया लिम्बूले विगत दश वर्ष अगाडी सिजनमा दश देखि बिश मुरी सम्म फापर फलाउँनुहुन्थो । उहाँको घरमा मानिसहरु अन्य अन्नहरुसंग फापर टाट्न घरमा आउँनुहुन्थो । फापरको जाँड समेत बनाउँन हुन्थो । तर अहिले लिम्बूसंग एक दान पनि फापर छैन ।
अहिले फापर पाग्ने समय हो । विगतमा गाउँघरमा यो समयमा रात्यम्य भएर पागेको हुन्थो फापर । तर आज भोली गाउँ घरमा फापर देख्न निकै मुस्कील हुदै गएको छ । फुङ्लिङ नगरपालिका—२ बोझेका धन कुमारी मादेनले विगतमा बिस मुरी फापर फलाउँनु हुन्थो । गाउँमा प्राय सबैले फापर खेती गर्ने चलन थियो । विस्तारै फापर खेती गर्न छोट्दै गएको मादेनले बताउनुभयो । गाउँमा फापर नै मासिने पो हो की भनेर अहिले पनि बिऊ जोगाउँनका लागि फापर खेती गदै आउनुभएको उहाँले बताउनुभयो । उहाँले भन्न भयो“बिऊ जोगाउँनका लागि यसो अलि अलि खेती गर्दै छु । यस पाल दश मूरी हुन्छकी भनेको ।” अहिले बोझे गाउँमा मादेन बाहेक अन्य छिमेकीले फापर खेती गर्न छोडी सकेको छ ।
उच्च रक्तचाप तथा सुगरका बिरामीले फापर चाखलाग्दो रुपमा खान्छन् । यो परिकार सेवन गर्दा स्वास्थ्यलाई फाइदा हुँदा मधुमेह, उच्च–रक्तचाप, कब्जियत, मोटोपन घटाउन विशेष रुचिका साथ खाने गर्दछन् । मानिसको स्मरणशक्ति बढाउन फापर खानु लाभदायक मानिन्छ । तीते र मीठो गरी दुई थरिको फापरको उत्पादन हुँदै आएको छ ।
फापरलगायतका रैथाने अन्नबाली उत्पादनमा कमी हुदै गएको छ । रैथाने अन्नबाली संरक्षण तथा प्रवर्द्धन गर्ने कार्यक्रमहरु सञ्चालन हुदै आएको छ । उन्नत जातका अन्नबालीप्रति आकर्षित हुँदा बीउमा परनिर्भर बढ्दो छ । रैथाने बाली लोप हुँदा किसान मर्का छन् । कोदो फापर तरुल लगायतका रैथाने बाली संरक्षण गरी बीउमा समेत आत्मनिर्भर हुन जरुरी छ ।
जिल्लामा फापरको माग बढ्दो छ । सहरी क्षेत्र फापरबाट विभिन्न परिकार तयार गरी खाने चलन बढ्दो छ । जिल्ला तथा जिल्लाबाहिर सञ्चालित मेला, महोत्सवमा फापर रोटी र ढिलो परिकारमा स्वाद लिन्छन् । किसानले उत्पादनप्रति चासो नहुँदा बर्सेनि उत्पादनमा कमी हुँदै गएको छ ।
फापर बाली उत्पादनमा सरकारको चासो नहुँदा निकै नै महत्वपूर्ण अन्नबाली लोप हुँदै गएकामा बूढापाकाहरु चिन्तित देखिएका छन् । फापर बाली उत्पादनमा चासो नदिँदा फापर बाली लोपोन्मुख अवस्था पुगेको हो । पछिल्लो समय युवा पुस्तामा फापरका परिकारको आकर्षण बढेको देखिन्छ ।
व्यावसायिक रुपमा यसको खेती गर्न छाडेपछि सहर केन्द्रि भएकाले समेत रैथाने बाली लोप हुदै गएको हो । मकै खेतीपछि खेतबारीमा फापर खेती हुँदै आए पनि पछिल्ला वर्षहरुमा फापर खेती फस्टाउन सकेको छैन । फक्ताङलुङ गाउँपालिका—६ का विर्ख लिम्बूका अनुसार चार–पाँच वर्षदेखि फापर खेती गर्न छाडेको बताउनुभयो । उत्पादन कम हुने हुँदा फापर खेती गर्न छाडेको हो । जति मिहिनेत गरे पनि उत्पादन न्यून हुँदा फापर बालीप्रति उत्पादन खस्केको हो ।
व्यावसायिक रुपमा खेती नहुँदा अहिले फापरको परिकार खान नौलो हुन थालेको हो । गाउँघरका भान्छामा पाक्न छाडेका फापरका परिकारहरु अहिले मेला महोसत्व तथा शहरका भान्छाका चाखलाग्दा परिकार बनेका छन् । फापर अन्नबालीमा प्रशस्त मात्रामा रेशादार तत्व पाइन्छ । फापरमा ‘बी’ भिटामिन, प्रोटिन, खनिज एन्टी अक्सिडेन्ट पोलिफेनोल पाइन्छ । मासु नखाने शाकाहारीका लागि फापर प्रोटिनको धनी स्रोत हुँदा खानुपर्ने हुन्छ । यसमा करिब १० देखि १२.५ प्रतिशत प्रोटिन पाइन्छ ।
फापरको प्रोटिनबाट शरीरलाई चाहिने आवश्यक धेरै एमिनो एसिडहरु प्राप्त हुन्छ । फापरमा कोलेस्टेरोल नपाइने हुँदा यो स्वास्थ्यका दृष्टिकोणबाट पनि एक उत्कृष्ट वनस्पतीय भोजन हो । फापरमा प्रशस्त मात्रामा पाइने खनिजहरु जस्तै जिङ्क, कपर र म्यागनेसियम शरीरलाई स्वास्थ्य राख्ने आवश्यक तत्वहरु हुन् । यसका अलावा रुटिन भनिने लाभदायक एन्टी अक्सिडेन्ट पोलिफेनोल फापरमा प्रशस्त पाइन्छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo