वैशाख ५ गते २०८२
10:27: PM
वैशाख ५ गते २०८२
10:27: PM

पुसे मेला स्वर्ण महोत्सवः भलिबलको उपाधी पाथीभरा टाइगर दमकलाई

पौष ५ गते २०८०
7:49 pm
Author Avatar
फक्ताङलुङ दर्पण

फुङ्लिङ,FD
पुसे मेला स्वर्ण महोत्सवमा भएको अन्तरजिल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी पाथीभरा टाइगर भलिबल क्लब दमक विजेता बनेको छ । बिहिबार भएको फाईनल खेलमा मुकेश मेमोरियल क्लब ताप्लेजुङलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी चुमेको हो । उपाधीसँगै पाथीभरा टाइगर भलिबल क्लबले तीन लाख रुपैयाँ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरको छ । त्यस्तै उपविजेता भएको मुकेश मेमोरियल क्लब ताप्लेजुङले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कारका साथ ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
विहिवार भएको खेलमा पाथीभरा टाइगर भलिबल क्लब दमकका खेलाडी रविन गौतम म्यान अफ द म्याच घोषित भए ।ताप्लेजुङको दोभान बजारमा जारी प्रतियोगितामा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा भोजपुरलाई ३–१ सेटले पराजित गर्दै पाथीभरा टाइगर भलिबल क्लब दमक फाईनलमा प्रवेश गरेको थियो ।
त्यस्तै बुधबार नै भएको दोस्रो सेमिफाईनल खेलमा संखुवासभालाई सोझो सेटले पराजित गर्दै मुकेश मेमोरियल क्लब ताप्लेजुङ फाईनमा प्रवेश गरेको थियोे । सेमिफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई सान्त्वना पुरस्कार स्वरुप ५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र बितरण गरिएको आयोजक कमिटीका कोषाध्यक्ष रमेश चोङ्वाङले जानकारी दिनुभयो ।…
—दिलकुमार लिम्बू

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo