वैशाख ६ गते २०८२
05:22: PM
वैशाख ६ गते २०८२
05:22: PM

ताप्लेजुङ आगलागीबाट एक घर नष्ट,पाँच लाख रुपैयाँ बराबर क्षति

मंसिर २३ गते २०८०
9:21 am
Author Avatar
फक्ताङलुङ दर्पण

देवेन्द्र बानियाँ
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा शनिबार बिहानै एक घर नष्टहुदा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ । सदरमुकाम बजारनजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा एक घरमा आगलागी भएको हो ।
आगलागीबाट स्थानीय लालबहादुर गुरुङको ढुङ्गा, माटो र जस्तापाताको प्रयोग गरिएको मतान घर जलेर नष्ट भएको छ । सो आगलागीबाट घरभित्र भएको खाद्यान्न, भाँडावर्तन, लत्ता कपडा लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको स्थानीयले बताएका छन् । जिल्ला समन्वय समितिका सदस्यसमेत रहनुभएका स्थानीय विष्णु तिवारीका अनुसार गुरुङको दुईवटामध्ये एउटा घर जलेर नष्ट भएको हो ।
बिहान करिव ७ः४५ बजेतिर घरमा अचानक आगलागी भएको र सँगै रहेको अर्को घर भने तत्काल स्थानीयबासी जुटेर बचाउन सफल भएको उहाँको भनाइ छ । घरमा लागेको आगो फुङ्लिङ नगरपालिकाको दमकल ९बारुणयन्त्र०सहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उपस्थितिमा नियन्त्रण लिएको हो । स्थानीयका अनुसार सो घरमा केही परिवार भाडामा बस्दै आएका थिए ।
यता स्थानीयबासीले भने घर जलिसकेपछि मात्र दमकल पुगेकाले घरमा भएको सामानहरु जोगाउन नसकिएको बताएका छन् । आगलागीको कारण पनि खुलिनसकेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने स्थानीेयले अनुमान गरेका छन्ु । जिल्ला प्रहरीका अनुसार घर धनी लाहबहादुर गुरुङको चार लाख र कोठा भाडामा बस्ने कमल लिम्बू एक रुपैयाँ गरी पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo