देबेन्द्र बानिया/ताप्लेजुङ ताप्लेजुङको सिरिजङ्गा स्थिति तेल्लोकमा आयोजना हुने तेस्रो संस्करणको सिरिजङ्गा गोल कप २०८०को खेल तालिका सार्वजनिक गरेको छ। आउँदो मंसिर २५ गतेबाट प्रतियोगिता सञ्चालन हुने भएको हो । पहिलो दिन आयोजक र ब्रोदर हुड फुटबल क्लब उदयपुर बीच प्रतिश्पर्धा हुनेछ । त्यस्तै दास्रो दिनको खेल अर्थात २६ गते मध्यान्ह १२ बजे देउराली स्पोर्टिङ क्लब इलाम र कर्णसिङ सोनाम स्मृति क्लब ताप्लेजुङ र सोहि दिन दिउँसो २ बजेबाट खेबाङ स्पोर्टिङ क्लब खेबाङ र न्यू स्टार क्लब झापा बीच प्रतिस्पर्दा हुने भएको छ। यस्तै मंसिर २७ गते क्वाटर फाईनलको अन्तिम खेलमा साझा युवा क्लब पाँचथर र सुनकोटी सि।टी।एफ।सी काठमाण्डौँ बीच आमने सामने हुने छन् । यस्तै खेल तालिका अनुसार मंसिर २७ र २८ गते सेमिफाइनलका खेलहरु हुनेछन् भने सेमिफाइनलमा पुग्ने २ टिमले उपाधीका लागि मंसिर २९ गते प्रतिष्पर्धा गर्ने क्लबका अध्यक्ष भट्टराईले जानकारि दिनु भयो । आयोजकका अनुसार विजेताले नगद २ लाख २ हजार २ सय २२ रुपैँया र उपविजेताले १ लाख १ हजार १ सय ११ रूपयाँ सहित ट्रफी,मेडल प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगिता सञ्चालन गर्दा करिब २१ लाख ६० हजार बराबर खर्च हुने कल्वले अनुमान गरिएको छ । लिम्बु भाषा, लिपिका सर्जक, सिरिजङ्गाको ३१९ औं जन्मजयन्ती को अवसरमा हरेक वर्ष खेल सञ्चालन हुँदै आएको छ। गोल कप २०७८ बाट सञ्चालन गर्न सुरु गरेको हो।