वैशाख ४ गते २०८२
08:14: PM
वैशाख ४ गते २०८२
08:14: PM

विद्यालय स्तरबाट जुट्दै रेडपाण्डा संरक्षणमा/(फोटो फिचर)

मंसिर ९ गते २०८०
7:58 pm
Author Avatar
फक्ताङलुङ दर्पण

फुङ्लिङ, जैविक विविधतामा ताप्लेजुङ एक दुलभ हाब्रे(रेड पाण्डा) चरन क्षेत्र हो । ताप्लेजुङमा ग्रामिण क्षेत्रहरुमा रेड पाण्डाहरु बास स्थान रहेको छ ।

यस क्षेत्रमा विगत देखि नै रेड पाण्डा नेटवकको आर्थिक सहयोग र हिमाली संरक्षण मञ्चको समन्वयमा रेडपाण्डा संरक्षणका विभिन्न कार्यक्रमहरुहुदै आएको छ ।।


रेडपाण्डा संरक्षणका लागि विद्यालय स्तरबाट नै जनचेतनको विकास गर्ने उदेश्यले विद्यालयहरुमा समेत रेडपाण्डाको गतिविधिका बारेका पढाई हुदै आएको हिमाली संरक्षण मञ्चले जनाएको छ ।

रेडपाण्डाको बास स्थान जोडिएको बस्तिहरुमा रहेका विद्यालयमा रेडपाण्डा संरक्षणका लागि पढाई भइरहेको हो ।

विद्यार्थीहरुलाई पढाईसंगै रेडपाण्डाको चरन क्षेत्र तथा बास स्थानको प्रत्यक्ष अध्ययन गर्नुका साथै अवलोकन गर्दै आएका छन् ।

गत विहिबार फुङ्लिङ नगपालिका—१० अवस्थित मयाम माध्यमिक विद्यालयका ३२ जना र सुक्रबार फक्ताङलुङ गाउँपालिका—३ सिंवा माध्यमिक विद्यालयका २४ जना विद्यार्थीहरुलाई रेडपाण्डाको गतिविधिका बारेमा अध्ययन गर्नुका साथै रेडपाण्डाको बास स्थानहरुको प्रत्यक्ष अवलोकन गर्नुभएका छन् ।


रेडपाण्डा नेटवकको आर्थिक, प्राविधिक सहयोग र हिमाली संरक्षण मंञ्च ताप्लेजुङको समन्वयमा रेडपाण्डा आधारीत आउटडोर शिक्षा कार्यक्रममार्फत विद्यार्थीहरुलाई रेड पाण्डाको बास स्थापनको अध्ययन अलोकन गएको हिमाली संरक्षण मंञ्चले जानएको छ ।

विद्यार्थीहरुले फुङ्लिङ नगरपालिका—९ देउरालीमा अवस्थित हिमालय हाब्रे सेन्टरको अध्ययन तथा अवलोकन समेत गरेको छन् ।

हाब्रे सेन्टरको बनावट, सेन्टरको आगामी योजनाका बारेमा हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी गराई दिनुभएको थियो ।

हाब्रे सेन्टरमा राखिएको विभिन्न सूचनाहरुको अवलोकन गर्नुका साथै सेन्टरको प्रत्येक कोठाहरुको अवलोकन गराउनुभएको थियो ।


रेडपाण्डा पाईने क्षेत्रका रहेका जैविकविविधता अध्ययन तथा अवलोकन गर्नुभएको थियो ।

ताप्लेजुङको सदरमुकाम देखि नजिकै रहेको देउराली भित्री सामुदायिक वन क्षेत्रमा विद्यार्थीहरुले रेडपाण्डाको अध्ययन अवलोकन गर्नुभएको हिमाली संरक्षण मंञ्चका फिल्ड प्राविधिक सुमन राईले बताउनुभयो ।

राईका अनुसार देउराली भित्री सामुदायिक वन क्षेत्रमा विषेश रेडपाण्डाको बास स्थान रहेको क्षेत्र पर्दछ ।


विद्यार्थीहरुले विभिन्न जैविकविविधताको बारेर प्राविधिकसंग सोधबुझ गरेर आ—आफ्नो नोट बुकमा टिपोट गरेका थिए ।

रेडपाण्डाको बास स्थान क्षेत्रमा शान्त भएर अध्ययन अवलोकन गरेको थियो ।

विद्यार्थीहरुलाई रेडपाण्डाको गतिविधिलाई अवलोकन गर्नका लागि क्यामेरामार्फत निगरानी गर्न, वनमा रहेका रुखहरुको मापन गर्न, जी बि एस (ग्लोबल पोजिशन सिस्टम) मार्फत स्थालन पत्ता लगाउँने प्रक्रियाको बारेमा समेत जानकारी गएको रेड पाण्डा नेटवकका फिल्ड संयोजक वाङचु भोटियाले बताउनुभयो ।


हिमाली संरक्षण मञ्चले उत्पादन गर्दै आएको नर्सरीहरुको समेत अध्ययन अवलोकन गरेको थियो ।


कक्षा कोठमा मात्र बसेर किताबमा लेखिएका जैविकविविधताको विषयमा पढ्दै आएका विद्यार्थीहरु प्रत्यक्ष रेडपाण्डाका चरन क्षेत्र तथा बास स्थानमा पुगेर रेडपाण्डाको गतिविधिका बारेरमा अवलोकन गर्नु पाउदा विद्यार्थीहरुको शिक्षण सिकाईमा थप मदत पुगेको मयाम मध्यमिक विद्यालयका शिक्षिका टिका निरौंलाले बताउनुभयो .


फुङ्लिङ नगरपालिका—९ वस्थित भित्रि सामुदायिक वन क्षेत्रमा रेडपाण्डाको गतिविधि बुझदै विद्यार्थी । तस्बिरः दिलकुमार

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo