ताप्लेजुङ ः दसैँ, तिहार र छठको अवधिमा साढे ६१ हजार भक्तजनहरुले ताप्लेजुङमा रहेको पाथीभराको दर्शन गरेका छन् । चाड पर्वको समयमा पाथीभरा मन्दिरमा पूजापाठ गर्ने मुख्य समय भएकाले भक्तजनहरु संख्या बढेको हो ।
दसैँको घटस्थापनादेखि तिहार र छठ पर्व सम्ममा ६१ हजार ५६६ जना भक्तजनहरुले पाथीभरामा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरा दर्शन गर्ने मुख्य सिजन भएकाले छोटो अवधि अर्थात् पाँच साताको अवधिभित्रै यति धेरै संख्यामा तीर्थयात्री आएका समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो ।
कार्यकारी निर्देशक हाङ्बाङका अनुसार दसैँ अवधि अर्थात् घटस्थापनादेखि कोजाग्रत पूर्णिमा सम्ममा मात्र २५ हजार ६३८ जना भक्तजनले पाथीभराको दर्शन गरेका गरेका थिए । बाँकी भक्तजनले कोजाग्रत पूर्णिमा पछि पाथीभराको दर्शन गरेका हुन् । समितिका अनुसार यसअवधिमा एकैदिन साढे सात हजारसम्म भक्तजनले पाथीभरा दर्शन गरेका थिए ।
पाथीभराको दर्शन गर्न ताप्लेजुङसहित पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथमलगायत पूर्वका जिल्लाबाट उल्लेख्य रूपमा भक्तजन आएका छन्। त्यस्तै सङ्घीय राजधानी काठमाडौँसहित विभिन्न जिल्लाबाट पाथीभराको दर्शन गर्न भक्तजन आएका छन् भने नेपालबाहिर भारतको सिक्किम, दार्जिलिङ, आसाम लगायतका ठाउँबाट भक्तजन आएका समितिले जनाएको छ ।…
तस्बिरः दिलकुमार लिम्बू
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
