ताप्लेजुङ, आठराई त्रिवेणी — स्थानीय तहको प्रतिबद्धता र योजनाबद्ध लगानीले शिक्षा क्षेत्रलाई कसरी बदल्न सक्छ भन्ने उत्कृष्ट उदाहरण बनेको छ, ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका। गाउँपालिकाले आफ्नो पाँच वर्षीय कार्यकालमा शिक्षा क्षेत्रमा पुर्याएको सुधारको फेहरिस्तले ग्रामीण शिक्षा सुधारको नयाँ बाटो देखाएको छ।
गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमू (दिपेन) नेतृत्वमा गाउँपालिकाले विद्यालय पूर्वाधार, सिकाइको गुणस्तर, स्थानीय भाषाको सम्मान, विद्यार्थी कल्याणदेखि डिजिटल प्रणालीसम्ममा बहुआयामिक पहलहरू गर्दै आएको छ। तीमध्ये १८ महत्वपूर्ण कामहरू निम्नानुसार छन्:
📘 शिक्षामा पहुँच र समावेशिता
१. कक्षा १२ सम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क बनाइएको छ, जसले आर्थिक अभावका कारण पढ्नबाट बञ्चित हुने सम्भावना घटाएको छ।
२. गरिब तथा जेहेन्दार ७ विद्यार्थीको उच्च शिक्षाको सम्पूर्ण जिम्मेवारी गाउँपालिकाले लिएको छ।
३. कक्षा ११ र १२ मा शिक्षकको शून्य दरबन्दी भएका विद्यालयहरूमा गाउँपालिकाले अनुदान दिएर पठनपाठनको सुनिश्चितता गरेको छ।
४. बाल विकास केन्द्र नभएका विद्यालयहरूमा बाल विकास शिक्षकको अनुदान उपलब्ध गराइएको छ।
🌐 प्रविधिमैत्री शिक्षा प्रणाली
५. पालिकाभित्रका ३३ सामुदायिक विद्यालयमा निःशुल्क फाइबर इन्टरनेट जडान गरिएको छ।
६. सबै माध्यमिक विद्यालयमा सीसीटीभी क्यामेरा, सबै विद्यालयमा इ–हाजिरी प्रणाली र लेखा प्रणालीमा सुधार गरी विद्यालयले आफैं बैंक चेक काट्न सक्ने व्यवस्था मिलाइएको छ।
🗣️ भाषा र संस्कृति संरक्षण
७. स्थानीय भाषा र संस्कृतिको जगेर्नाका लागि आनीपान, शेर्पा र मगर भाषालाई विद्यालयको पाठ्यक्रममा समावेश गरिएको छ।
८. गाउँ शिक्षा ऐन र कार्यविधि पारित गरी लागू गरिएको छ, जसले शिक्षाको नीति कार्यान्वयनमा स्पष्टता ल्याएको छ।
🏫 विद्यालय व्यवस्थापन र पूर्वाधार सुधार
९. प्रयोग भइसकेको सेनिटरी प्याड डिस्पोजल मेसिन विद्यालयमा हस्तान्तरण गरिएको छ, जसले किशोरी बालिकाहरूको स्वास्थ्य र गोपनीयताको ख्याल गरेको छ।
१०. बालमैत्री विद्यालय निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन गरिएको छ।
११. विद्यालयहरूको लेखा परीक्षणमा आधारित अनुदान प्रणाली ल्याइएको छ –
- कक्षा १–५ का लागि: रु. ५,०००
- कक्षा १–८: रु. १०,०००
- कक्षा १–१०: रु. १५,०००
- कक्षा १–१२: रु. २५,०००
१२. विद्यालयहरूलाई प्रशासनिक र मसलन्द खर्चसमेत उपलब्ध गराइएको छ।
🤝 सहकार्य र मूल्याङ्कन
१३. मासिक रूपमा प्रधानाध्यापक, कार्यपालिका सदस्य र शिक्षा समितिसँग छलफल हुने व्यवस्था गरिएको छ। बैठकमा सहभागी प्रधानाध्यापकलाई यातायात खर्चको रूपमा रु. १००० उपलब्ध गरिन्छ।
१४. आम शिक्षा भेला आयोजना गरेर शिक्षामा अभिभावक र समुदायको सहभागिता सुनिश्चित गरिएको छ।
🎓 गुणस्तरीय माध्यमिक शिक्षा प्रवर्द्धन
१५. पदमसिंह माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रूपमा छनोट गर्दै कक्षा ११–१२ सञ्चालन गरिएको छ।
१६. मार्सल आर्ट विधाका खेलहरू विद्यालयमा लागू गरी प्रशिक्षकको व्यवस्था गरिएको छ।
१७. राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिँदा गाउँपालिकाका विद्यार्थीले २०८० मा प्रथम र २०८१ मा दोस्रो स्थान प्राप्त गरेका छन्।
१८. हाङपाङस्थित सरस्वती नमुना माविमा पशु विज्ञान विषयमा प्राविधिक धारको पढाइ सुरु गरिएको छ, र सञ्चालन खर्चसमेत उपलब्ध गराइएको छ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
