असार ३० गते २०८२
04:17: AM
असार ३० गते २०८२
04:17: AM

सयपत्री र मखमली फूलले दिलाएका सम्झानाहरु

कार्तिक २५ गते २०८०
11:38 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ ः घर–घरमा सयपत्रीको वासना चल्न थाल्दा, सयपत्रीसँगै मखमली गाउँनै फूलले ढकमक्क हुँदा मानिसलाई तिहारले छोपेको झल्को आइहाल्छ । आफ्ना दिदी बैनीहरूको सम्झना र उनीहरूसँग हासेको, खेलेको र सानो सानो निहुँमा झगडा गरी कति दिन नबोलेको आफ्ना निजी कथाहरू मानसपटलमा घुमीहाल्छ ।

प्रियजन र आफन्तहरू बिना बितेको समय लाई उमेरमा गनिन्छ भने उनीहरूसँग बितेको पललाई जिन्दगीमा । सयपत्री, मखमली र गोदावरी फूलहरू हाम्रा लागि जिन्दगी महसुस गर्ने समय आउँदै गरेको शुभ समाचार दिने खातिरजामा ठानिन्छ ।

झिलिमिली बत्तिको चाड तिहारका बलेको बत्ति साक्षी राखेर दिदी बहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै टिका लगाई सुक्ने तर रङ्ग नजाने नविग्रने वासनादार फूलहरूको माला घाटीमा पहिराई दिने, मिठो–चिल्लो खान दिने परम्परागतदोस्रो ठूलो रैथाने पर्व हो तिहार ।

सर्त रहितको स्नेहभाव, आत्मियता र करुणा सबै एउटै बिन्दुमा मिलन भएर प्रकटहुने दिदी बहिनी र दाजु भाइको पर्व तिहारमा मखमली, सयपत्री र गोदावरी गरि तीन प्रकारका फूलहरूको विशेष महत्त्व हुने गर्दछ ।

सयपत्री फूलको वासना मनोवैज्ञानिक अनुभूति अथवा मुडको सुधार गर्न र तनाव वाट तुरुन्तै छुटकारा पाउन सहयोगी हुने गर्दछ । सयपत्रीको सुन्तला तथा पहेँलो रङ्गहरू नयाँ सुरुवात र महत्त्वपूर्ण घटनाहरूको लागि शुभ रङ्ग मानिन्छ ।

सयपत्री फूलको बोटको सार तत्त्वहरू ज्यानको पीडा घटाउने, बाउँडिने – फर्कने मांसपेशी निको गर्ने, र क्यान्सर प्रतिरोधी ओखती आदिमा प्रयोग हुन्छ । छिटै बुढो हुन नदिने गुण, भिटामिन–सी, भिटामिन–ए आदिले गर्दा सयपत्री फूललाई सूर्यले पृथ्वीमा उपलब्ध गराइएको जडीबुटीको संज्ञा दिइन्छ ।

यसका सारतत्वहरुमा हानिकारक जीवाणुहरुलाई मार्ने क्षमता हुन्छ । यसको फूल र बिरुवाको वासनाले लामखुट्टे, मानिस लाई टोक्ने तथा सताउने कीराहरू लाई घर वरिपरी आउन दिँदैन।

सयपत्री फूल फलाम, स्टोरनियम, जिङ्क, मेगनिज र पोटासियमको अत्यन्त राम्रो श्रोत समेत हो । स्टोरनियम क्याल्सियम जस्तै हड्डी मजबुत बनाउने, पुरानो हड्डी टुट्न नदिने तर नयाँ हड्डी बनाउने काममा उपयोगमा आउँछ। आइरन र जिङ्क हाम्रो रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गर्ने गर्छ । दुवै शरीरलाई रातो रक्तकोश बनाउन चाहिने गर्छ।एनीमियामा सहयोगी हुन्छ ।
प्रोटिन र अमिनो एसिड पचाउन सहयोग गर्ने मेगनिज खाना पचाउन जरुरी हुने धेरै प्रकारका इन्जाइमहरू लाई सक्रिय बनाउन सहयोग गर्छ।पोटासियम शरीरमा तरल पदार्थको सन्तुलन मिलाउन, मांसपेशीहरू तन्काउने खुम्चाउने कार्य सम्पन्न गर्न र दिमागमा खबरहरू आदान प्रदान गर्न सहयोगी हुने गर्छ।

सयपत्री फुल उत्साह वर्धक एन्टीअक्सिडेन्ट क्षमतातथा रेडिकल अक्सिजन हटाउन सक्ने क्षमताको फ्लेभोनोइड युक्त रहेकालेयो क्यान्सर रोग प्रतिरोधी तथा मानिसलाई छिटै बुढो हुन नदिने गुण युक्त बनेको हो । यिनै गुणका कारण सयपत्री फुल पछिल्लो समयमा अत्यन्त मूल्यवान पोलिफिनोलको श्रोतको हर्बल चिया र फंगसनल अथवा पूरक खानाको रूपमा मानिसहरुले खाने गरेका छन् ।

सयपत्री जस्तै मखमली बिरुवाको सबै भाग औषधीय मूल्यको हुने गर्छ । बिरुवाको सार तत्त्वहरूमुटु र रक्त सञ्चार, क्यान्सर प्रतिरोधी, एन्टि ऑक्सिडन्ट, दुखेको लट्ठ्याउने ÷ एनाल्जेसिक, रगत जमाउने, रुघा खोकी, मिर्गौलाको समस्या र प्रजनन समस्याहरू आदिमा ओखतीको रूपमा प्रयोग हुँदै आएको छ। यसको हानिकारक जीवाणु नियन्त्रणको क्षमताका समेत रहने हुँदा हानिकारक जीवाणु नाशकको रूपमा समेत प्रयोग गरिन्छ ।

सेतो, गाढा कलेजी तथा हल्का रातो रङ्गमा फुल्ने मखमली फूलबाट निकालिएको बैजनी–रातो रङ्गको बिटा–सायानिन खाद्य र कस्मेटिक उत्पादनमा प्रयोग हुने प्राकृतिक रङ्ग वा कलर बन्ने गर्छ। बिटा–सायानिन पिगमेन्ट आफै एक एन्टिऑक्सिडन्ट समेत हो ।

मखमलीमा भिटामिन सी, भिटामिन बी, भिटामिन के, राइबोफ्लेविन र फोलेट लगायतका भिटामिनहरू पाइन्छ । यसमा पाइने मुख्य खनिजहरू क्याल्सियम, पोटेशियम, म्याग्नेसियम, र मैंगनीज हुन् । मखमली फुल टिप्ने बित्तिकै सफा पिउने पानीले धुने र ओबाउन दिएपछि यसको दुई तरिकाबाट हर्बल चिया बनाउने गरिन्छ । पहिलोमा ताजा फुलको प्रयोग हुन्छ । दोस्रोमा सुकेको फूल ।

ताजा वा सुक्खाफूल गिलासमा राखी त्यो माथि उम्लिएको तातो पानी हाली १५ मिनेट फूलको सारतत्त्व पानीमा घुल्न दिएर फूल हटाइ तितो–टर्रो स्वादको रातो चिया मखमली चियाको सिग्नेचर स्वाद ठानिन्छ। यो चिया रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र उच्च रक्तचाप घटाउन समेत सहयोग गर्ने हुने विश्वास गरिन्छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo