ताप्लेजुङको सदरमुकाम फुङलिङमा रहेको ‘ताप्लेजुङ हिमाली कोशेली घर’मा बिक्रीका लागि राखिएको परम्परागत काठको तोङवा हाल देश तथा विदेशमा समेत माग बढ्दै गएको छ ।
हिमाली भाँडोको रुपमा चिनिने तोङवा प्रति थान दुई हजारदेखि पाँच हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ । कोशेली घरका सञ्चालक ललित गुरुङका अनुसार यहाँबाट झापा, धरान, काठमाडौं लगायतका जिल्लाहरुबाट माग हुदै आएको छ । कोशेलीको रुपमा युके, अमेरिका, हङकङ लगायत देशहरूमा समेत तोङवा पुग्ने गरको छ ।
“विदेशमा रहेका नेपालीहरुले यहाँको संस्कृति सम्झना राख्न तोङवा कोशेलीका रुपमा माग गर्छन्,“ गुरुङले बताउनुभयो, “विशेषगरी पर्व र चाडपर्वको समयमा माग झनै बढ्ने गर्छ ।“
हातले तारको काठ कुँदेर बनाइने तोङवा परम्परागत किराँत समुदायको मौलिक भाँडो हो, जसलाई तोङवामा कोदोको जाँड(छोक्रा) लगाउँने । छोक्रा लगाएको तोङवामा पिपा लगाएर जाँडको सर खाने गरिन्छ । अब यसको प्रयोग सांस्कृतिक चिनारीमा सीमित नभई, सजावट र उपहारको रुपमा समेत बढ्न थालेको छ ।
स्थानीय सीप, संस्कृति र काष्ठकला जगेर्ना गर्ने उद्देश्यसाथ सञ्चालित हिमाली ताप्लेजुङ कोशेली घरले यस्ता मौलिक सामग्रीहरुलाई बजारीकरण गर्दै आएको छ ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
