असार २९ गते २०८२
06:41: AM
असार २९ गते २०८२
06:41: AM

मिक्वाखोलाका वडाध्यक्ष साँवाको निधन

असार १४ गते २०८२
9:04 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ का वडाध्यक्ष सदनकुमार साँवा लिम्बूको निधन भएको छ । मुटुसम्बन्धी समस्या देखिएपछि उपचारका लागि सदरमुकाम फुङ्लिङतर्फ ल्याउँदै गर्दा शनिबार साँझ बाटोमै उहाँको निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

वडाध्यक्ष साँवा लामो समयदेखि मुटुको रोगबाट पीडित रहँदै आउनुभएको थियो । शुक्रबारसम्म वडा कार्यालयका कामकाजमा सक्रिय रहनुभएका उहाँको स्वास्थ्य शनिबार बिहानदेखि अचानक बिग्रन थालेपछि परिवारका सदस्यहरूले उहाँलाई उपचारका लागि जिल्ला अस्पताल फुङ्लिङ ल्याउने तयारी गरेका थिए । तर, स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पताल पुग्न नपाउँदै बाटोमै उहाँको निधन भएको प्रहरीले जनाएको छ।

वडाध्यक्ष साँवा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेर निर्वाचित हुनुभएको थियो । सामाजिक तथा सार्वजनिक सेवामा सक्रिय व्यक्तित्वका रूपमा उहाँ चिनिनुहुन्थ्यो ।
उहाँको निधनप्रति गाउँपालिका, राजनीतिक दल, स्थानीयवासी र सहकर्मीहरूले दुःख व्यक्त गरेका छन् ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo