असार ३० गते २०८२
09:32: AM
असार ३० गते २०८२
09:32: AM

सिरिजङ्घा गाउँपालिकाको ५८ करोड ७५ लाखको बजेट सार्वजनिक

असार ८ गते २०८२
5:02 pm
Author Avatar
फक्ताङलुङ दर्पण

फुङ्लिङ, असार ८ – ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५८ करोड ७५ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ। आइतबार गाउँपालिकाको प्रशासकीय केन्द्र तेल्लोकमा बसेको १७औं गाउँसभामा उपाध्यक्ष डा. चित्र माबोले बजेट प्रस्ताव पेश गर्नुभएको हो।

बजेट अनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अन्तर्गत १२ करोड ७८ लाख र राजस्व बाँडफाँड अन्तर्गत १० करोड ६० लाख ७१ हजार रुपैयाँ प्राप्त हुनेछ। त्यस्तै, प्रदेश सरकारबाट वित्तीय समानीकरणमा १ करोड १४ लाख ३४ हजार र राजस्व बाँडफाँडमा ७१ लाख ८७ हजार रुपैयाँ विनियोजन गरिएको छ।

पर्वतारोहण रोयल्टीबाट ५ लाख ६९ हजार ८६३ रुपैयाँ, घरजग्गा रजिष्ट्रेशन बाँडफाँडबाट १० लाख, दहत्तर बहत्तर बाँडफाँडमार्फत ५ लाख, आन्तरिक आम्दानीतर्फ ६६ लाख ६५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

संघीय सरकारको सशर्त अनुदानमार्फत २६ करोड ३८ लाख, समपूरक अनुदानमा ८७ लाख र विशेष अनुदानमा १ करोड १३ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

प्रदेश सरकारतर्फबाट समपूरक अनुदान १ करोड ३० लाख र सशर्त अनुदान १ करोड ५२ लाख ५७ हजार रुपैयाँ रहने बजेट विवरणमा उल्लेख छ। साथै करुणा फाउण्डेसनमार्फत १२ लाख २५ हजार रुपैयाँ सहयोग प्राप्त हुने जनाइएको छ।

गाउँसभा बैठकमा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले आगामी वर्षको नीति तथा कार्यक्रम पनि प्रस्तुत गर्नुभएको छ। नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गरी गाउँसभा बैठकबाट पारित गरिने गाउँपालिकाले जनाएको छ।

ताप्लेजुङ जिल्लाका ९ स्थानीय तहमध्ये सिरिजङ्घा गाउँपालिका बजेट प्रस्तुत गर्ने दोस्रो पालिका बनेको छ। यसअघि असार ५ गते सिदिङ्वा गाउँपालिकाले आगामी वर्षको बजेट सार्वजनिक गरेको थियो।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo