असार २९ गते २०८२
03:39: AM
असार २९ गते २०८२
03:39: AM

पाथीभरा क्षेत्रमा संरचना वा कार्यक्रम गर्न पूर्वस्वीकृति अनिवार्य

जेठ ३१ गते २०८२
7:12 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङमा अवस्थित पाथीभरा क्षेत्रमा स्वीमृति विना कुनै पनि कार्य गर्न निशेध गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिको मंगलबार बसेको बैंठकले स्वीकृति विना कुनै पनि कार्य गैरकानुनी हुने निर्णय गरेको हो ।

नेपाल सरकारअन्तर्गतको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत सञ्चालनमा रहेको पाथीभरा क्षेत्र विकास समितिले पूर्वस्वीकृति विना पाथीभरा क्षेत्रमा कुनै पनि कार्य नगर्न सर्वसाधारण तथा सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

विकास समिति ऐन २०१३ बमोजिम विसं २०५३ मा गठन भएको समितिले हालसम्म पाथीभरा क्षेत्रको संरक्षण, व्यवस्थापन र रेखदेखको कार्य गर्दै आएको छ । समितिको २०८१ साल पुष १ गतेको निर्णयअनुसार पाथीभरा मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रयासस्वरूप गुरु योजना निर्माण भइसकेको र पुरातत्त्व विभागसँग समेत समन्वय भइसकेको जनाएको छ ।

समितिका अनुसार हाल पाथीभरा क्षेत्रभित्र कुनै पनि संघ–संस्था, व्यक्ति वा संस्थाले आयोजना गर्न चाहने कार्यक्रम, अभियान, वा संरचना निर्माण कार्य समिति स्वीकृति विना गर्न नपाइनेछ । यस सम्बन्धमा समितिको २०८२ जेठ २७ गतेको बैठकले स्पष्ट निर्णय लिएको छ ।

पाथीभरा क्षेत्र विकास समिति गठन आदेश २०५३ (पहिलो संशोधन २०७५) अनुसार निजी जमिन बाहेकको सिमाङ्कन भित्रको सम्पूर्ण क्षेत्र विकास समितिको अधिकार क्षेत्रभित्र पर्छ । सो क्षेत्रको संरक्षण र व्यवस्थापन समितिकै मुख्य दायित्व भएकाले स्वीकृति विना गरिएका कुनै पनि कार्य कानुन बमोजिम कारबाहीको भागिदार हुने समितिले चेतावनी दिएको छ ।

पाथीभरा प्राकृतिक सम्पदा मात्र नभई साझा समुदायको गहिरो आस्था र श्रद्धाको केन्द्र शक्ति पीठसमेत भएकाले यसको संरक्षण र सम्वद्र्धनमा सबैको सकारात्मक सहयोग आवश्यक रहेको समितिले जनाएको छ । समितिले बुद्धिजीवी, समाजसेवी, धार्मिक संघसंस्था, प्रकृतिप्रेमी तथा सम्पूर्ण नागरिक समाजलाई पाथीभरा क्षेत्रको दीर्घकालीन संरक्षण र अन्तर्राष्ट्रिय सम्पदाको रूपमा विकास गर्न सहयोग गर्न आह्वान गरेको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo