वैशाख १ गते २०८२
10:58: PM
वैशाख १ गते २०८२
10:58: PM

सांस्कृतिक सम्पदा बचाउन बेलायतमा मुक्कुमलुङ संरक्षण अन्तरक्रिया

वैशाख १ गते २०८२
10:02 pm
Author Avatar
फक्ताङलुङ दर्पण

सिक्कुम फुरुम्बाे चरपे

"म बाँच्न चाहन्छु। त्यसका लागि मेरो भाषा, लिपि, थाकथलो र सांस्कृतिक सम्पदाहरूलाई बचाइदिनुहोस्।"

२०२५ अप्रिल १३ तारिखका दिन सेमुक्तु मुक्कुमलुङ संरक्षण सहयोग समिति, यूके को आयोजनामा लण्डनको साउथ ह्यारोस्थित ‘मुक्कुमलुङ संरक्षण आन्दोलन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रममा बेलायतभरका सामाजिक अभियन्ता, बुद्धिजीवी, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो।

अध्यक्ष दिल सम्बाहाङफे (सेमुक्तु मुक्कुमलुङ संरक्षण सहयोग समिति, यूके) को अध्यक्षतामा तथा जसराज चेम्जोङको विशेष व्यवस्थापनमा सम्पन्न कार्यक्रमको प्रमुख उद्देश्य ताप्लेजुङस्थित ऐतिहासिक र धार्मिक स्थल मुक्कुमलुङमा भइरहेको संरक्षण आन्दोलनका सन्दर्भमा जानकारी आदानप्रदान गर्नु र आगामी कदमहरूबारे छलफल गर्नु थियो।

अन्तरक्रियामा नेपाल आदिवासी जनजाति महासंघ, यूके की अध्यक्ष बिमला सेने, किरात याक्थुङ थामेन्दिङ माचुम्भो की अध्यक्ष कमला लिम्बू लगायत अन्य सम्माननीय अतिथिहरूले आफ्नो धारणा राख्दै मुक्कुमलुङ संरक्षण आन्दोलनलाई आवश्यक सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका क्रममा सेमुक्तु मुक्कुमलुङ संरक्षण सहयोग समितिको पूर्णता दिंदै नयाँ सदस्यहरूको मनोनयन समेत गरिएको जानकारी दिइएको थियो।

कार्यक्रमको सञ्चालन समिति सहसचिव लाहाङ चेम्जोङले गर्नुभएको थियो।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo