असार २८ गते २०८२
01:35: AM
असार २८ गते २०८२
01:35: AM

ताप्लेजुङका नयाँ हिमालहरूमा मानव पाइला पुग्दै

चैत्र २४ गते २०८१
4:22 pm
Author Avatar
फक्ताङलुङ दर्पण

दिलकुमार लिम्बू
ताप्लेजुङ, हिमालहरूको जिल्ला । सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउने बित्तिकै अग्लो र भव्य रूपमा उभिएको देखिन्छ— कञ्चनजंघा हिमाल । केही पश्चिम फर्केर हेर्दा आँखै अगाडि प्रकट हुन्छ कुम्भकर्ण (फक्ताङलुङ) हिमाल । यी दुवै हिमालयी शृंखलाका वरिपरि सयौं साना–ठूला अन्य हिमालहरू छन्, जसको अनुपम सौन्दर्य जो–कोहीलाई मोहित पार्ने खालको छ ।
गत साता मात्र शार्फु—४ पिकमा पहिलो पटक मानव पाईल पुग्न सफल भएको छ । चीलीका एक विदेशी नागरिक हर्नान लील, पवतारोही लाक्पा छिरिङ शेर्पा,नादा शेर्पा र फोटोग्राफर पूर्णीमा श्रेष्ठले ६ हजार ४३३ मिटर उचाइका शार्फु—४ हिमालको पहिलो पटक आरोहण गर्न सफल भएको थियो । गत कात्तिक महिनामा चार दक्षिण कोरियन नागरिकले ६ हजार ३२८ मिटर उचाइमा रहेको शार्फु—५ पिक(हिमाली)को पहिलो पटक सफल आरोहण गरेको थियो ।
पवतारोही नादा शेर्पाको अगुवाइमा शार्फु—४ र शार्फु—५ पिकको सफ आरोहण भएको हो । शार्फु—१ देखि ६ वटा पिकहरु रहेको छ । आरोहणका लागि नेपाल सरकारले खुल्ला गरेको छ । तर अन्य तीन वटा पिक भने आरोहण भएको छैन ।
अन्य पिकहरु समेत आरोहणको तयारी भइरहेको पर्वतारोही शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो“काठमाडौं जानका लागी फुङ्लिङ आएको छु । काठमाडौं देखि अर्को पिक आरोहण गर्ने टोली लिएर आउने छु ।” ताप्लेजुङमा पर्वतारोण, साहसिक पर्यटकहरु सम्मभावना रहेको शेर्पाले बताउनुभयो । तर सरकारले यस क्षेत्रमा चासो नदेखाएकोमा दुःख लागेको शेर्पाले बताउनुभयो ।
“जिल्लामा रहेको स्थानीय सरकारहरुले प्रत्येक वर्ष पर्यटन प्रवद्र्धनको नाम मेला महोत्वसको आयोजना गरेर ठुलो धन राशी खर्च गर्दै आएको छ ।” तर यस्तो खालका मला महत्वसहरुले अन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन हुदैन ।” विदेशी तथा स्वादेशी पर्वतारोहण गर्न चाहने पर्यटकहरुलाई प्रोत्साहन गर्ने हिमालहरुको प्रचार प्रसार गर्ने तथा पदमार्गहरु सहज बनाउने कार्यक्रमहरु गर्न आवश्यक रहेको शेर्पाले बताउनुयो ।
नेपाल पर्यटन बोर्डका अनुसार ताप्लेजुङमा पाँच हजार देखि आठ हजार ५८६ मिटर सम्मका हिमाल÷पिक ४८ वटा आरोहणको लागि खुल्ला गरको छ ।
फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुगोला क्षेत्रमा दुई र याङमा क्षेत्रमा चार वटा पिकहरु आरोहणका लागि खुल्ला गरिएको छ । पाँच हजार ७४० मिटरको लुम्बा सुम्बा पिक र छ हजार ५०० मिटरको लुम्बुम्बा पिक ओलाचुङगोला क्षेत्रमा पर्दछ । त्यस्तै याङमा क्षेत्रमा छ हजार ५४७ मिटर उचाइको नाङ्गामरी—१, छ हजार २०९ मिटर उचाइका नाङ्गामरी—२, छ हजार ८३९ मिटरको उचाइका ओहोमी गांका र ६ हजार २४४ मिटरका पाबुक काङ(काङग्टा) पिक आरोहणका लागि नेपाल सरकारले खुल्ला गरेको छ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन क्षेत्रमा पाँच वटा हिमालहरु आरोहणका लागि खुल्ला गरिएको छ । आठ हजार ५८६ मिटर उचाइमा रहेको कञ्चनजंघा प्रमुख, आठ हजार ४७४ मिटर उचाइमा रहेको दक्षिण कञ्चनजंघा, छ हजार १४८ मिटर उचाइको कोक्थाङ पिक, छ हजार ६८२ मिटरको रामथोङ पिक नेपाल सरकारले आरोहणका लागि खुल्ला गरेको छ । त्यस्तै सात हजार ४१२ मिटर उचाइका काब्रु सेन्ट्रल र सात हजार ३१८ मिटर उचाइको काब्रु पिक समते आरोहणका लागि खुल्ला गरिएको छ । फक्ताङलुङ गाउँपालिका—६ घुन्सा क्षेत्रमा ३७ वटा हिमाल÷पिकहरु आरोहणका लागि खुल्ला गरिएको छ ।
जिल्लाको प्रमुख विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल यसै क्षेमा पर्दछ । यसको उचाइ ८,५८६ मिटर रहेको छ । सन् १८५२ सम्म यो हिमाललाई विश्वको सबैभन्दा अग्लो मानिएको थियो । तर, सन् १८४९ मा भारतको त्रिकोणमितीय सर्वेक्षणका अध्ययनअनुसार सगरमाथा सबैभन्दा अग्लो भएको पुष्टि भएपछि सन् १८५६ मा कञ्चनजङ्घालाई औपचारिक रूपमा विश्वको तेस्रो अग्लो हिमाल घोषणा गरियो । कञ्नजंघा हिकमाल सन् १९५५ मा बेलायती पर्वतारोही जो ब्राउन र जर्ज ब्यान्डले २५ मेका दिन पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए । धार्मिक आस्थालाई सम्मान गर्दै उहाँहरूले हिमालको चुचुरो यथावत् राख्ने परम्परा सुरु गरे, जुन आजसम्म पालन हुँदै आएको छ ।
कञ्चनजङ्घाको पाँच प्रमुख चुचुरा रहेको छन् । कञ्चनजङ्घा मुख्यः ८,५८६, कञ्चनजङ्घा पश्चिम (यालुङ याङ)ः आठ हजार ,५०५ मिटर, कञ्चनजङ्घा मध्य आठ हजार ४८२ मिटर,कञ्चनजङ्घा दक्षिणः आठ हजार ४९४ मिटर र काङबाचेनः सात हजार ९०३ मिटर रहेको छ । नेपाल सरकारले यी पाँच वटै प्रमुख चुचुरामा आरोहण खुल्ला गरिएको छ ।
त्यस्तै ताप्लेजुङमा रहेको कुम्भकर्ण हिमाल विश्वको ३२ औँ अग्लो र नेपालको १५ औं अग्लो हिमाल हो । यसको उचाई सात हजार ७१० मिटर छ । यसको मौलिक रैथाने तथा प्राचीन नाम फक्ताङ्लुङ हिमाल हो किराँत धर्मावलम्बीहरुले आफ्नो आस्थाको केन्द्र पनि मानेका देखिन्छ । कुम्भकर्ण हिमाल पहिलो पटक सन् १९६२ मा एक फ्रान्सेली टोलीले आरोहण गरेको थियो
। हिमाल आरोहण गर्न कति खर्च लाक्छ त ?
पर्वतीय पथप्रदर्शक संघ नेपालका अध्यक्ष सन्दिप गुरुङका अनुसार ताप्लेजुङ लगायता ६ हजार मिटर उचाईको हाराहरीको हिमाल÷पिक आरोहण गर्नका लागि पाँच देखि ६ जनाको समुह(ग्रुप)का लागि १५ लाख रुपैयाँ खर्च हुने छ । “५ जनाको ग्रुपमा दुई जना पथप्रदर्शक आवश्यक हुन्छ । पथप्रदर्शकलाई दैनिक पारिश्रमिक चार हजार देखि ६ हजार रुपैयाँ सम्म खर्च हुने छ ।” गुरुङले भन्नुभयो “व्यक्तिगत आवश्यक सामग्री ६० हजार भन्दा बढी लाग्छ । हिमाल आरोहण गर्नका लागि समुहगत आवश्यक पर्ने सामग्री खरिद समेत खर्च हुने छ ।” हिमाल आरोहण गर्न पहिलो प्रशिक्षण तथा टे«निङमा लिनुपर्ने हुन्छ । हिमाल आरोहण गर्ने साहस गर्ने जो कोहीले हिमाल आरोहण गर्न सक्ने गुरुङले बताउनुभयो ।
ताप्लेजुङमा अवस्थित ५ हजार मिटर सात हजार सम्मका पिक नेपाली नगरिकले आरोहण गर्न प्रति व्यति पाँच लाख रुपैयाँ देखि माथी खर्च हुने पदप्रर्दशक नादा शेर्पाको भनाइ रहेको छ ।
पर्वतीय पथप्रदर्शक संघ नेपालका अनुसार नेपालको हिमाल आरोहण विश्वभरका पर्वतारोहीहरूका लागि एक अद्भुत अनुभव हो । तर, यो साहसिक यात्राका लागि धेरै तयारी, योजना र आर्थिक स्रोत आवश्यक पर्छ । हिमाल आरोहणको लागत हिमालको उचाइ, मौसम, आवश्यक गाइड तथा शेर्पाहरूको संख्यालगायत विभिन्न कारकहरूमा निर्भर गर्छ । उचाइ बढ्दै जाँदा खर्च पनि बढ्ने गर्छ ।
पथप्रदर्शक (गाइड) र शेर्पा शुल्क, मुख्य गाइड, शेर्पा (बोझ बोक्ने सहयोगी),आधार शिविर व्यवस्थापक अनुमति शुल्क आरोहण गर्न नेपाल सरकारले तोकेको शुल्क तिर्नुपर्छ, जुन हिमालको उचाइ अनुसार फरक हुन्छ । बीमा शुल्क ः पर्वतारोहण जोखिमपूर्ण भएकाले गाइड, शेर्पा तथा आरोहीहरूको बीमा गर्नुपर्छ । काठमाडौंदेखि ताप्लेजुङको फुङ्लिङ, त्यसपछि पदयात्रा वा हेलिकप्टर भाडामा लिने खर्च । आवश्यक सामग्री (गियर) खरिद वा भाडा, खाना र आवास,आधार शिविर र बाटोभरि होटल तथा टेन्टको व्यवस्थापनमा खर्च हुने छ ।
हिमाल आरोहण रोमाञ्चक र चुनौतीपूर्ण यात्रा हो, जसमा उचित तयारी आवश्यक पर्छ । विशेष गरी हिमाली क्षेत्रमा बढ्दो जलवायु परिवर्तनको असर, सुरक्षाजन्य चुनौतीहरू, र खर्च व्यवस्थापनबारे सचेत हुनुपर्न । आवश्यक सामग्री, उचित तालिम, र अनुभवी गाइडको साथमा यात्रा गरे आरोहण सुरक्षित र सफल बन्न सक्छ ।
हिमालहरुको प्रवद्र्धन गर्नका लागि मोत्सव हुदै
ताप्लेजुङको दुई स्थानीय तहमा मात्र हिमाल रहेको छ । फक्ताङलुङ गाउँपालिका ३७ वटा हिमालहरु आरोहरणका लागि खुल्ला गरिएको छ । भने सिरिजङ्घा गाउँपालिकामा रहेको पाँच वटा हिमालहरु आरोहणका लागि खुल्ला गरिएको छ । अहिले यी दुई पालिकामा हिमालहरुको प्रवद्र्धन गर्नका लागि पर्यटन महत्वसको तयारीमा जुटेका छन् ।
फक्ताङलुङ गाउँपालिका—६ लेलेप गाउँमा कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को अगुवाइमा कञ्चनजंघा हिमाल आरोहण भएको ७० वर्ष पुगेको उपलक्ष्यमा ‘कञ्चनजंघा ‘प्लाटिनम जुब्ली’ २०८२ महोत्सव अन्तिम तयारी पुगेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका कार्यलय सचिव मनकुमार लिम्बूले बताउनुभयो । आउँदो वैशाख ५–७ गते फक्ताङलुङ गाउँपालिका–५, लेलेपमा महोत्सव हुने भएको हो । ‘कञ्चनजंघा संरक्षण क्षेत्र, प्रकृतिको उपहार ः संरक्षण क्षेत्रमा पर्यापर्यटन, समृद्धिको आधार’ भन्ने नाराका साथ महत्सवको तयारी भइरहेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कोषाध्यक्ष तथा महोत्सव संयोजन समितिका संयोजक छोवाङ शेर्पाले महोत्सवले संरक्षण क्षेत्रभित्रका प्राकृतिक सम्पदा, पर्यटन र स्थानीय संस्कृतिको प्रवद्र्धनमा टेवा पुग्ने अवेक्षा गरिएको छ ।
महोत्सव कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को संयोजनमा, समृद्ध पहाड परियोजना तथा संरक्षण क्षेत्र कार्यालयसहित विभिन्न संघसंस्थाको सहकार्यमा गरिने जनाइएको छ । महोत्सवमा कञ्चनजङ्घा क्षेत्रमा रहेका पर्यटकीय सम्पदाको प्रचारप्रसार, पदयात्रा प्रवद्र्धन, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन र परिकारको प्रवद्र्धनजस्ता गतिविधि समेटिने छन्। भलिबल प्रतियोगितासमेत आयोजना गरिने जनाइएको छ । कञ्चनजङ्घा आरोहणको ऐतिहासिक यात्रालाई सम्मान गर्दै पहिलो आरोहीहरूको परिवार तथा अन्य आरोहणकर्तालाई आमन्त्रण गरिने आयोजकले जनाएको छ । महोत्सवका मुख्य कार्यक्रम लेलेपमा सम्पन्न भएपछि, काठमाडौंमा राष्ट्रियस्तरको विशेष कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ ।
सिरिजंघा गाउँपालिकाको हिमाल जोगाउने अभियान
दिन प्रतिदिन जलवायु परिवर्तनका कारण हिमताल, हिमनदी, साथै हिमालहरू संकटमा पर्दै गएका छन् । यसै सन्दर्भमा, सिरिजंघा गाउँपालिका हिमाल संरक्षणको अभियानमा जुटेको छ । गाउँपालिकाले कञ्चनजंघा आधार शिविरमा पर्यटन महोत्सव आयोजना गरी जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि छलफल गर्ने योजना बनाएको छ । प्रवक्ता बमप्रसाद गौतमका अनुसार, महोत्सवमा हिमताल, हिमनदी, र हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारे अध्ययन, अनुसन्धान, र समाधानका उपायहरूबारे छलफल गरिनेछ ।
गाउँपालिकाले संघीय सरकारको साझेदारीमा कञ्चनजंघा क्षेत्रमा साहसिक पदमार्ग निर्माण गरिरहेको छ । महोत्सवमा निर्माणाधीन पदमार्गको प्रचारप्रसार, स्थानीय कला, संस्कृति, तथा परम्परालाई प्रवद्र्धन गरिने छ । विशेष आकर्षणका रूपमा ४,५०० मिटर उचाइको कञ्चनजंघा म्याराथुन प्रतियोगिता आयोजना गरिनेछ । चौंरी याक प्रदर्शन, साहित्य कोष्ठी, साकलिङ लगायतका कार्यक्रमहरु समिटिएको गाउँपालिकाले जनाएको छ ।
महोत्सव सिरिजंघा गाउँपालिकाको नयाँ झोडेनी क्षेत्रमा आयोजना हुनेछ । गाउँपालिकाका उपाध्यक्ष डा. चित्र माबोका अनुसार, झोडेनी माछेवा बीचको दूरी कायम गरी म्याराथुन प्रतियोगिता सम्पन्न गरिनेछ । सिरिजंघा–८ का वडाध्यक्ष कृष्णकुमार गुरुङका अनुसार, झण्डेडाँडाबाट मकालुदेखि कञ्चनजंघासम्मका हिमशृङ्खला देख्न सकिन्छ । याक तथा चौरीको अवलोकन, लालीगुराँसको दृश्य, र हिमाली सौन्दर्य पर्यटक आकर्षणका मुख्य तत्व हुनेछन् ।
पर्यटन प्रवद्र्धनका सम्भावना र चुनौतीहरू
ताप्लेजुङको साहसिक पर्यटनमा ठूलो सम्भावना भए पनि सरकारी चासोको कमीले विकास सुस्त देखिन्छ । यहाँको हिमाली सौन्दर्य, जैविक विविधता, र सांस्कृतिक महत्त्वका कारण अन्तर्राष्ट्रिय पर्वतारोहीहरू आकर्षित हुने वातावरण छ ।
तर, पर्यटन प्रवद्र्धनका नाममा गरिने मेला महोत्सवहरूले खासै प्रभाव पार्न सकेका छैनन् । आवश्यक पूर्वाधार विकास, पदमार्ग सुधार, हिमाल आरोहण सहज बनाउन कानुनी प्रक्रिया सरलीकरण गर्न सके ताप्लेजुङलाई विश्वस्तरीय गन्तव्य बनाउन सकिन्छ । नयाँ पिकहरूमा मानव पाइला पर्नु, पर्वतारोहण सम्भावनाको उजागर हुनु, र पर्यटन गतिविधिहरू बढ्नु सकारात्मक संकेतहरू हुन् । सरकारी सहयोग, र स्थानीय समुदायको संलग्नता बढाउन सकियो भने ताप्लेजुङ विश्वको महत्वपूर्ण पर्यटन गन्तव्य बन्ने पर्यटन व्यवसायिहरुको भनाइ रहेको छ ।
हालै ताप्लेजुङका यी अप्राप्य हिमालहरूको काखमा मानव पाइला पर्न थालेका छन् । पर्वतारोही, अनुसन्धानकर्ता र पर्यटकहरूको चहलपहल बढ्दै गएको छ । अवलोकनका लागि मात्र नभई, नयाँ गन्तव्यको रूपमा यी हिमाली क्षेत्रहरूलाई प्रचार गर्न थालिएको छ ।

स्थानीय पर्यटन प्रवद्र्धनका लागि नयाँ हिमालहरूको पहिचान र आरोहण सम्भावनालाई उजागर गर्दै, ताप्लेजुङ अब साहसिक पर्यटनको केन्द्र बन्दै गएको छ । हिमाली सौन्दर्य, संस्कृति, र जैविक विविधताको संगमका कारण यहाँको महत्त्व अझ बढ्दै गएको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo