वैशाख ५ गते २०८२
10:01: PM
वैशाख ५ गते २०८२
10:01: PM

लिम्बु समुदायको मौलिक केलाङ नाच बेलायतमा भव्य रूपमा प्रस्तुत

चैत्र २३ गते २०८१
8:14 am
Author Avatar
फक्ताङलुङ दर्पण

सिक्कुम फुरुम्बो चरपे, युके

“भाषा, लिपि, संस्कार र संस्कृति जोगिए मात्र जाति बाँच्छ; नत्र जाति आफैं हराउँछ” भन्ने मूल सन्देशलाई आत्मसात गर्दै याक्थुङ वेन्सा चुम्भो युके को आयोजनामा लिम्बु समुदायको मौलिक सांस्कृतिक नाच केलाङ को भव्य प्रस्तुति सम्पन्न भएको छ।

गत ५ अप्रिल २०२५ शनिबार, किरात याक्थुङ चुम्लुङ युके को चुम्लुङदेन याल्डिङ सभाहलमा आयोजित यस विशेष कार्यक्रममा लिम्बु समुदायका विभिन्न क्षेत्रका कलाकारहरूले केलाङ नाच प्रस्तुत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ युके का केन्द्रीय उपाध्यक्ष राजेन लाबुङ थिए भने विशेष अतिथिका रूपमा महासचिव विश्वासदीप तिगेला, सहसचिव सकुन्तला नेम्बाङ लाहाङ, चेम्जोङ, र विभिन्न क्षेत्रीय शाखाका प्रतिनिधिहरू उपस्थित थिए। साथै, बैजिङस्टक शाखाकी शान्तीमाया लिम्बु र वेस्ट केन्टकी मेनुका अन्छङ्बो पनि कार्यक्रममा विशेष अतिथि थिए।

कार्यक्रमको औपचारिक शुरुवात उपाध्यक्ष सन्देश नेम्बाङदिप योङहाङ ले स्वागत मन्तव्यद्वारा गरे। कार्यक्रमको अध्यक्षता याक्थुङ वेन्सा चुम्भोका अध्यक्ष हाङ्मा लावती ले गर्नुभएको थियो भने सञ्चालन सचिव सुरेन्द्र थेबे र सहसचिव शुभ नेम्बाङले गरेका थिए।

विविध क्षेत्रबाट सहभागीता, सांस्कृतिक विविधताको प्रस्तुति

कार्यक्रममा युकेका विभिन्न क्षेत्रका केलाङ समूहहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रस्तुत समूहहरूमा:

  • काप्पोबा केलाङ समूह – नेतृत्व: आई.सी. कमल अन्छङ्बो
  • ताप्लेजुङ केलाङ नाच – नेतृत्व: दिलेन्द्र लाबुङ
  • चौबिसे केलाङ – नेतृत्व: गोकुल लिबाङ
  • छथरे नाच – संयोजन: बिरन लिम्बु
    यी समूहहरूको संयुक्त सहभागिताले कार्यक्रममा सांस्कृतिक विविधता र मौलिकताको अद्वितीय झल्को दिएको थियो।

केलाङ नाचको संरक्षण र पुस्तान्तरणप्रति जोड

कार्यक्रममा स्टुडेन्ट एन्ड युथ लिआजन हेड शीखर सम्बाहाङ्फे ले केलाङ नाचको मुन्धुमिक मूल, मिथक र सांस्कृतिक महत्त्व प्रस्ट्याउँदै यसलाई वार्षिकरूपमा मनाउनु जरुरी रहेको बताए। “यसरी नियमित रूपमा केलाङ दिवस मनाउने परम्परा बसाल्न सके भावी पुस्ताले यो मौलिक नृत्यलाई आत्मसात् गर्दै पुस्तान्तरण गर्न सहज हुनेछ,” उनले उल्लेख गरे।

पछिल्ला वर्षहरूमा नयाँ पुस्ता आफ्ना मौलिक नाच– माङलाङ, केलाङ, येवालाङ, यालाङ, पालाम आदि– तर्फ आकर्षित हुँदै गएको देखिए पनि, केही परम्परागत स्टेपहरू लोप हुने चिन्ताजनक अवस्था पनि देखिएको छ। यद्यपि, नयाँ आधुनिक स्टेपहरूसहित केलाङ नाचमा नविनता थपिँदै गएको सकारात्मक संकेत समेत देखिन्छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo