चैत्र २५ गते २०८१
02:30: PM
चैत्र २५ गते २०८१
02:30: PM

राजावादी समूहको आगजनी परी पत्रकार सुरेश रजकको मृत्यु

चैत्र १४ गते २०८१
7:19 pm
Author Avatar
फक्ताङलुङ दर्पण

काठमाडौं । राजधानीको तीनकुनेमा राजावादी समर्थन प्रदर्शनकारीले आगजनी गरेको भवनमा जलेर एभिन्यूज टेलिभिजनमा कार्यरत फोटोपत्रकार सुरेश रजकको निधन भएको छ ।

एभिन्यूज टेलिभिजनका फोटो पत्रकार रजक सो भवनको छतबाट दृश्य खिचिरहेका बेला आगलागीमा परेका थिए । उक्त भवनमा प्रहरी बसेको आरोप लगाउँदै राजावादी समर्थन प्रदर्शनकारीले भवनमा आगो लगाएका थिए, जसका कारण उनी जिउँदै जलेका हुन् ।

आगलागीपछि भवनबाट उनको जलेको शव फेला परेको छ । उनको शव नचिनिने अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ । प्रहरीसँग झडपपछि प्रदर्शनकारीहरूले उक्त मार्बल हाउसमा आगजनी गरेका थिए ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo