असार ३० गते २०८२
11:58: PM
असार ३० गते २०८२
11:58: PM

स्थानीय सञ्चार सशक्तीकरणतर्फ ताप्लेजुङका स्थानीय तहहरूको अग्रसरता

चैत्र १३ गते २०८१
4:15 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङका स्थानीय तहहरूले स्थानीय सञ्चार नीति निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। पछिल्लो समय सञ्चार क्षेत्र आर्थिक सङ्कटमा परेपछि पत्रकारहरूको पेशागत स्थायित्व सुनिश्चित गर्न स्थानीय सरकारहरू सक्रिय हुन थालेका छन्।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले कोशी सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग सहकार्य गरी सदरमुकाम फुङलिङमा आयोजना गरेको ‘पत्रकारिता क्षेत्रको सशक्तीकरणमा स्थानीय तहको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा सञ्चार नीति निर्माणको पहल अघि बढाइएको हो।

फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले स्थानीय सञ्चारमाध्यम र पत्रकारहरूलाई संस्थागत रूपमा सहयोग गर्न नीति निर्माण गरिने जानकारी गराए। उहाँले स्थानीय विकास र सुशासन प्रवद्र्धनमा सञ्चारको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो।

पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले सुशासन र पारदर्शिताका लागि सञ्चारमैत्री नीति आवश्यक भएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा यसको निर्माण सुनिश्चित गरिने बताए।

मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले सञ्चार क्षेत्रको सुदृढीकरणका लागि नीति तथा संरचनागत व्यवस्था गर्न आफ्नो पालिका प्रतिबद्ध रहेको बताए।

फुङलिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझाले पत्रकार महासंघसँग सहकार्य गर्दै सञ्चार क्षेत्रमा सकारात्मक योगदान दिने आश्वासन दिइन्।

यस अन्तरसंवाद कार्यक्रममा पत्रकार महासंघका विभिन्न तहका पदाधिकारी तथा स्थानीय सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo