चैत्र २८ गते २०८१
08:41: PM
चैत्र २८ गते २०८१
08:41: PM

ओलाङचुङगोलामा सुख्खा बन्दरगाह निर्माणको पहल

चैत्र १२ गते २०८१
8:56 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको ओलाङचुङगोलामा सुख्खा बन्दरगाह निर्माण गर्नुपर्ने माग अघि सारिएको छ । नेपाल–चीन व्यापार प्रवद्र्धनका लागि सुख्खा बन्दरगाह निर्माण गर्ने स्थानीयहरुले माग अघि बढाएको हो ।
फक्ताङलुङ गाउँपालिका—७ वडा अध्यक्ष छेतेन लामाले गत सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै सुख्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न आग्रह गर्नुभएको थियो ।
ओलाचुङगोलाको मवाटार क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण गर्नका लागि नेपाल इन्टरमोडल यातायात विकास समितिले मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा उक्त परियोजना समावेश गर्न आग्रह गरेको छ ।
समितिका कार्यकारी निर्देशक आशिष गजुरेलद्वारा पठाइएको पत्रमा व्यापारजन्य पूर्वाधार विकास गर्दै मुलुकको आर्थिक गतिविधि प्रवद्र्धन गर्न सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी जस्ता संरचनाको विकास आवश्यक रहेको उल्लेख गरिएको छ । ताप्लेजुङको ओलाङचुङ्गोला हुँदै चीनको तिब्बत स्वशासित क्षेत्र जोड्ने सडक निर्माण भइसकेको र उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा सबैभन्दा छोटो दूरीको सडक भएकाले सो क्षेत्रलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्न सकिने समितिको निष्कर्ष छ ।
नेपाल इन्टरमोडल यातायात विकास समितिले सन् २०७८÷७९ मा सो नाकाको पूर्व सम्भाव्यता अध्ययन पूरा गरी प्राप्त प्रतिवेदन मन्त्रालयमा बुझाइसकेको जनाएको छ । साथै, फक्ताङलुङ गाउँपालिकाको ७ वडा कार्यालयले आवश्यक जग्गा उपलब्ध रहेको जानकारी दिँदै सुख्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि अनुरोध गरेको छ ।
समितिले नेपाल सरकारको आगामी नीति तथा कार्यक्रममा ओलाङचुङ्गोलामा सुख्खा बन्दरगाह निर्माण परियोजना समावेश गरी आवश्यक बजेट विनियोजन गर्न आग्रह गरेको छ । यदि यो परियोजना अघि बढेमा नेपाल–चीन व्यापार सहज हुनुका साथै पूर्वी नेपालको व्यापारिक गतिविधिमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo