चैत्र २५ गते २०८१
10:07: AM
चैत्र २५ गते २०८१
10:07: AM

बाह्रै महिना फुङ्लिङमा हरियो मकैको स्वाद लिन पाइने

चैत्र १ गते २०८१
8:23 pm
Author Avatar
फक्ताङलुङ दर्पण

फक्ताङलुङ दर्पण: ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अब देखि बाह्रै महिना पोलेको हरियो मकैको स्वाद लिन पाइनुका साथै मकैका अन्य परिकाहरु पनि खान पाइने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई ताप्लेजुङ र स्थानीय उद्यमीको साझेदारीमा ’मकै घर’ सञ्चालनमा आएसंगै मकैका परिकाहरु पाइने भएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ताप्लेजुङका कार्यालय प्रमुख काशीराम पाण्डेका अनुसार पहाडी क्षेत्रमा मकै मुख्य खाद्यान बाली भएता पनि हरियो मकै खानका लागि वर्ष दिन कुर्नुपर्ने बाध्यता रहँदै आएकोमा अब देखि मकै घर सञ्चालनमा आएपछि बाह्रै महिना पोलेको मकैका साथै अन्य विभिन्न परिकारहरु उपलब्ध हुने भएका छन् । यसले मकै उत्पादनमा संलग्न किसानहरूलाई प्रोत्साहन हुनुका साथै मकैको बजारीकरण तथा प्रवद्र्धनमा सहयोग गर्ने छ । मकैको प्राथमिक प्रशोधन तथा बजारिकरण गर्ने उद्देश्यले ताजा हरियो मकै तथा पपकर्न रोष्टिङ सेन्टर स्थापना कार्यक्रम अन्तरगत मकै घर सञ्चालनमा ल्याइएको हो । चालु आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत ताप्लेजुङमा रहेको मकै जोन कार्यक्रम अन्तरगत विभिन्न कार्यक्रमहरु मध्ये यो एउटा कार्यक्रम हो ।

परियोजनाका प्रमुख पाण्डेले मकै स्वास्थ्यबर्धक भएको तर पछिल्लो समयमा मकै उपभोग गर्ने बानी क्रमश घट्दै गएको र बजारमा उपलब्ध हुने जङ्कफुडहरुको प्रयोग बढ्दै गएको अवस्थामा यसले स्वास्थ्यमा नकरात्मक असर पु¥याइरहेको उल्लेख गर्नुभयो । मकैको महत्व बुझाउँन र प्रवद्र्धनका लागि यो कार्यक्रम सञ्चालन गरिएको पाण्डेले बताउनुभयो । परियोजनाले एक लाख २७ हजार अनुदान प्रदान गरेको र मकै घर सञ्चालक उद्यमीले पनि सो बराबरको लगानी गरेका छन् ।
मकै उत्पादनमा संलग्न किसानहरूलाई पनि मकै घर स्थापनाले प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा गरिएको छ घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष राजेन्द्र भारतीका अनुसार सिजनमा हरियो मकै प्रति घोगा रु. १० मा बिक्री हुने भए पनि पोलेर बिक्री गर्दा रु. २० भन्दा बढीमा बेच्न सकिने भएकाले मकैमा राम्रो आम्दानीको सम्भावना रहेको बताउनुभयो । “३६५ दिनसम्म अर्गानिक हरियो मकैको परिकारहरुको उपभोक्ताले स्वाद लिन पाउने भएकाले उपभोक्ता र किसान दुवैले लाभ लिनेछन् भन्दै“ भारतीले खुशी व्यक्त गर्नुभयो ।

बैशाख देखि कात्तिकसम्म ताप्लेजुङमा हरियो मकै उत्पादन हुने भएकाले मकै घर स्थापनापछि किसानहरूले आफ्नो उत्पादनको भरपुर लाभ लिन सक्ने कृषक कमल विष्टले बताउनुभयो । मकै घर स्थापनाले बेशी देखि हिमाली क्षेत्रका किसानहरूलाई बजार पहुँच दिलाउने र उत्पादनमा वृद्धि गराउने अपेक्षा गरिएको छ ।

मकै घरको स्थापना पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ । फुङ्लिङमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले स्थानीय स्वादका रूपमा पोलेको हरियो मकै र मकै परिकारहरुको अनुभव गर्न पाउने छन् । यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने र कृषि उत्पादनमा समेत सुधार ल्याउने मकै घर सञ्चालक यसोदा गिरीको भनाइरहेको छ ।

फुङ्लिङमा खुलेको मकै घरले मकै उत्पादनमा संलग्न किसानहरूलाई प्रत्यक्ष रूपमा फाइदा पु¥याउनुका साथै पर्यटन प्रवद्र्धनमा पनि योगदान पु¥याउने अपेक्षा गरिएको छ । अब बाह्रै महिना मकै परिकारको स्वाद लिन चाहनेहरूका लागि मकै घर प्रमुख गन्तव्य बन्ने देखिन्छ । यसैलाई मध्यनजर गदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ताप्लेजुङले आउँने वर्षको कार्यक्रममा फागुन महिना देखि मङ्सिर सम्म ताप्लेजुङ जिल्लमामै मकै उत्पादन गर्ने कार्यक्रम पनि समावेश गरिने भएको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo