फक्ताङलुङ गाउँपालिकामा निजी क्षेत्रको लगानीमा निर्माणाधीन नेपालकै सबैभन्दा ठूलो जलबिद्युत आयोजना अपर तमोर हाइड्रोपावर प्रोजेक्ट (२८५ मेगावाट) को आयोजना र फक्ताङलुङ गाउँपालिकाको सहकार्यमा सर्वदलीय, सर्वपक्षीय तथा सरोकारवालाहरुसँग बैठक सम्पन्न भएको छ।
बैठकमा आयोजनासँग सम्बन्धित महत्वपूर्ण विषयमा सरोकारवालाहरुको सवाल र आयोजनाको तर्फबाट जवाफ दिने कार्य सम्पन्न भएको थियो। साथै, विभिन्न राजनीतिक दलहरुले आयोजनासम्बन्धी आआफ्नो धारणा प्रस्तुत गरेका थिए। सामूहिक छलफल र वार्ताका माध्यमबाट विभिन्न पक्षहरुबीच रहेको मतभेद तथा जिज्ञासाहरुको सम्बोधन गरी स्थानीय सरकार, सरोकारवाला र आयोजनाबीच सम्बन्धसेतू स्थापना गर्ने कार्य सम्पन्न भएको आयोजकले जानकारी गराएको छ।
बैठकमा विभिन्न महत्वपूर्ण विषयहरुमा निर्णय समेत भएको छ। मिति २०८१ चैत २ गते फक्ताङलुङ गाउँपालिका वडा नं. ३, लिङ्खिममा गठन हुने सरोकार समितिले समेत यस बैठकमा थाती राखिएका विषयहरुका साथै आवश्यकता अनुसार थप निर्णय गर्ने जनाइएको छ।
सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसात् गर्दै फक्ताङलुङ गाउँपालिकाको अर्थतन्त्रमा कायापलट गर्ने संभावना बोकेको यस आयोजनाको निर्माण समयमै सम्पन्न गर्न सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन्। आयोजनाले प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरुप्रति आभार व्यक्त गरेको छ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
