चैत्र २७ गते २०८१
09:21: AM
चैत्र २७ गते २०८१
09:21: AM

माथिल्लो काबेली जलविद्युत आयोजनामा कार्यरत मजदुर मृत फेला

फागुन २४ गते २०८१
6:08 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा निर्माणाधीन माथिल्लो काबेली जलविद्युत आयोजनामा कार्यरत एक मजदुर मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार सिदिङ्वा गाउँपालिका–६ मेहेले स्थायी घर भई हाल सिरिजंघा गाउँपालिका सिबुदिन बस्दै आएका ४७ वर्षीय धनप्रसाद भण्डारी शनिबार मृत फेला परेका हुन्।

भण्डारीको शव सिरिजंघा गाउँपालिका–५ पेदाङस्थित मुक्तुरा भिरको फेदीमा रहेको काबेली खोलामा फेला परेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो। खोलाभित्र ढुङ्गाको चेपमा अड्किएको अवस्थामा शव भेटिएको थियो।

शुक्रबार बिहान जलविद्युत आयोजनामा कामका लागि गएका भण्डारी बेलुकासम्म घर नफर्किएपछि खोजी सुरु गरिएको थियो। स्थानीयले खोजीका क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo