ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका(४ ले पहिलो पटक खाद्यान्न, पेय पदार्थ, मासु लगायतका स्थानीय उत्पादनहरूको मूल्य निर्धारण गरेको छ।
वडाध्यक्ष सदन कुमार सावाँका अनुसार, खसीको मासुको मूल्य प्रतिकिलो ६०० रुपैयाँ, बंगुर तथा सुँगुरको मासु ४०० रुपैयाँ, राँगाको मासु ३०० रुपैयाँ तोकिएको छ। वडामा दैनिक उपभोग्य सामानको अनियन्त्रित विक्रि वितरण बढेपछि मूल्य निर्धारण गर्नुपरेको वडाध्यक्ष सावाँले बताए।
वडा कार्यालयले बाख्राको मासुको मूल्य प्रतिकिलो ५०० रुपैयाँ र लोकल कुखुराको मासु १००० रुपैयाँ निर्धारण गरेको छ। अन्न तथा बालिमा धान प्रतिपाथी २५० रुपैयाँ, मकै ३०० रुपैयाँ, कोदो र गहुँ ३०० रुपैयाँ, जौ २५० रुपैयाँ, भटमास ८०० रुपैयाँ र आलु बिउ ३०० रुपैयाँ तोकिएको छ।
त्यस्तै, घिउको मूल्य प्रतिमाना ३०० रुपैयाँ तोकिएको छ भने घरेलु मदिराको समेत मूल्य निर्धारण गरिएको छ। लोकल रक्सी प्रतिबोतल १५० रुपैयाँ, तोङ्वा १२५ रुपैयाँ र निघार प्रतिबोतल १०० रुपैयाँ निर्धारण गरिएको छ।
वडाले घरेलु कामदारको पारिश्रमिक समेत निर्धारण गरेको छ। पुरुष कामदारका लागि दैनिक ५०० रुपैयाँ र महिला कामदारका लागि ४०० रुपैयाँ पारिश्रमिक तोकिएको छ। वडाका सबै टोलबाट सुझाव संकलन गरी वडा कार्यसमितिको बैठक बसेर मूल्य निर्धारण गरिएको वडाध्यक्ष सावाँले जानकारी दिए। साथै, तोकिएको मूल्यभन्दा बढी नलिन र निर्धारण गरिएका मूल्यहरू पालना गर्न वडाबासीलाई अनुरोध गरिएको छ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
