चैत्र २८ गते २०८१
05:10: PM
चैत्र २८ गते २०८१
05:10: PM

पाथीभरा केवलकार निर्माणमा विवादः गृह मन्त्रालयद्वारा समन्वयका लागि निर्देशन

माघ १९ गते २०८१
11:32 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकार परियोजनामा उत्पन्न अवरोध तथा समस्याका विषयमा गृह मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक समन्वय गर्न निर्देशन दिएको छ । विहिबार ११३५ नम्बरको चलानी पत्रमार्फत गृह मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक समन्वय निर्देशन गरेको हो ।

गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट जारी पत्रमा स्थानीय स्तरमा उठेका सवाल तथा सरोकारलाई ध्यानमा राख्दै सरोकारवालाहरूसँग समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल अघि बढाउन अनुरोध गरिएको छ । पत्रमा उल्लेख गरिएअनुसार, केवलकार नियमनको विषय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत पर्ने भएकाले सम्बन्धित निकायहरूबीच समन्वय गरेर समाधान खोज्न आग्रह गरिएको हो ।

ताप्लेजुङको पाथीभरा केवलकार परियोजना पर्यटन प्रवद्र्धनका लागि महत्त्वपूर्ण मानिएको छ । स्थानीयस्तरमा केही प्राविधिक तथा व्यवस्थापकीय चुनौतीहरू देखिएपछि यसबारे विभिन्न निकायहरूमा चासो बढेको छ । गृह मन्त्रालयका शाखा अधिकृत ऋषिकेश खतिवडाद्वारा हस्ताक्षरित पत्रमा अवरोध हटाई परियोजनालाई सहज बनाउन तदारुकताका साथ पहल गर्न निर्देशन दिइएको छ ।

उद्योगवाणिज्य संघका अध्यक्ष चन्द्र ढकालको कम्पनी पाथीभरा(मुकुमलुङ) दर्शन प्रालिले पाथीभरा केबलकार बनाउँन लागेको हो । विगत देखि नै ताप्लेजुङमा केबलकार बनाउनु पर्छ भन्ने पक्ष र केबलकार बनाउनुहुदैन भन्ने पक्ष बिच विवाद हुदै आएको छ ।

पाथीभरामा केवलकार निर्माणको विषयमा बिबाद हुँदा गत शनिबार फुङलिङ नगरपालिका–११ बलुडाँडामा केवलकार निर्माणको विरोध गर्दै मुक्कुम्लुङ बचाउ संघर्ष समितिले गरेको प्रदर्शनमा झडप हुँदा प्रहरीको गोली लागि चार जना घाइते भएका थिए । प्रहरीसँगको झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती घाइते भएका हुन् । यमाबहादुर लिम्बू र सगुन लावतीलाई प्रहरीले चलाएको गोली लागेको थियो । प्रहरीले गोली चलाएपछि आन्दोलनले थप नयाँ रुप लिएको छ ।

नो केबलकार समुहरुले गत मंगलबार देखि मेची राजमार्ग, तमोर कोरिडोर, तथा ताप्लेजुङमा सदरमुकाम आउँने सडकहरुमा यातायात बन्द गरेको छ ।
आन्दोलनरत पक्षले थप माघ २० र २१ गते नौ जिल्ला लिम्बुवान बन्दको घोषणा समेत गरेको छन् । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा लगायतको जिल्ला बन्दको घोषणा गरेको हो ।
२० र २१ गतेसम्म आन्दोनरत पक्षको मागको सम्बोधन नगरे २२ गतेदेखि अनिश्चितकालीन लिम्बुवान आमहड्ताल घोषणा गरिने जनाइएको छ । …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo