चैत्र २८ गते २०८१
08:07: PM
चैत्र २८ गते २०८१
08:07: PM

लालीगुराँस संस्कृतिक क्लबको आफ्नै भवन निर्माण सम्पन्न

पौष ११ गते २०८१
4:50 pm
Author Avatar
फक्ताङलुङ दर्पण

सीता माबो, ताप्लेजुङ
ताप्लेजुङको सिरिजङगा गाउँपालिका–६, सुदाप गाउँमा लालीगुराँस संस्कृतिक क्लबले आफ्नै भवन निर्माण गर्न सफल भएको छ। क्लब स्थापना भएको १५ वर्षपछि आफ्नै भवन निर्माणको सपना पूरा भएको हो।

मौलिक संस्कृतिको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले स्थापना भएको क्लबले सामाजिक क्षेत्रमा पनि योगदान दिँदै आएको छ। क्लबका अध्यक्ष सुरेन्द्र लिम्बूका अनुसार, सिरिजङगा गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि भवन निर्माण कार्य सम्पन्न भएको हो।

दुई कोठे र एक तले भवनमा क्लबका सांस्कृतिक सामग्रीहरू राख्न र व्यवस्थित गर्न पर्याप्त स्थान छ। मादल, झ्याम्टा, नृत्यका पोशाकजस्ता सामग्री सुरक्षित रूपमा भण्डारण गर्न यो भवन उपयुक्त हुने क्लबका सदस्यहरूको विश्वास छ।

स्थानीयबासीले पनि भवन निर्माणलाई स्वागत गरेका छन्। “भवन निर्माणले सामग्रीको सुरक्षा मात्र होइन, क्लबका गतिविधिहरू व्यवस्थित गर्न ठूलो योगदान पुर्‍याएको छ,” स्थानीय मन्शिला लिम्बूले बताइन्।

क्लबका अध्यक्ष लिम्बूले १५ वर्षपछि आफ्नै भवन बनाउन सफल भएकोमा सदस्यहरू र स्थानीयहरूमा उत्साह छाएको बताए। अब, भवनमार्फत क्लबले सांस्कृतिक गतिविधि र समाजसेवाका कार्यहरू अझ प्रभावकारी रूपमा अगाडि बढाउन सक्ने विश्वास गरिएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo