चैत्र २७ गते २०८१
11:51: AM
चैत्र २७ गते २०८१
11:51: AM

सिरिजङ्गा गोल्डकपः मरिक एफसीको फाइनलमा प्रवेश

मंसिर २७ गते २०८१
8:38 pm
Author Avatar
फक्ताङलुङ दर्पण

चौथो अन्तर्राष्ट्रिय सिरिजङ्गा गोल्डकप फुटबल प्रतियोगितामा मरिक एफसी सुनसरी फाइनल प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै मरिक एफसीले जित हात पारेको हो ।
मरिक एफसीका भुवन बस्नेत, सबिन घिमिरे, र निश्चल लामाले एक–एक गोल गर्दै टिमलाई जित दिलाएको आयोजकले जनाएको छ । आयोजक क्लबका असिम लिम्बू र नविन भुजेलले गोल गर्नुभएको थियो । खेलको म्यान अफ द म्याच’ मरिक एफसीका सुमन राना घोषित हुनुभएको थियो । उहाँलाई दुई हजार १००रुपैयाँ र ट्रफी प्राप्त गर्नुभएको आयोजकले जनाएको छ ।
गोल्डकप ऐतिहासिक व्यक्तित्व तेअङसी सिरिजङ्गा सिंह थेवेको ३२०औं जन्मजयन्तिको अवसरमा आयोजित हो । शुक्रबारको दोस्रो सेमिफाइनल खेलमा ब्रदरहुड एफसी उदयपुर र वाइ वाइ पाँचथर फुटबल क्लब प्रतिस्पर्धा गर्ने आयोजक समितिका अध्यक्ष अर्जुन भट्टराईले बताउनुभयो ।
गोल्डकपको विजेताले नगद दुई लाख ५० हजार पाँच सय ५ रुपैयाँ, ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख २५ हजार पाँच सय ५५ रुपैयाँका साथै ट्रफी र मेडल पाउनेछन् । प्रतियोगिता मंसिर २३ गतेदेखि सुरु भई २९ गतेसम्म सञ्चालन हुनेछ । …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo