असार २८ गते २०८२
01:57: AM
असार २८ गते २०८२
01:57: AM

कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकपको उपाधि धरानलाई

मंसिर २२ गते २०८१
6:49 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङमा आयोजना भएको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगिताको उपाधी धरानले जितेको छ । शनिबर भएको फाइनल खेलमाा इलामको रेड डेभिल्स माइजोगमाईलाई पराजित गर्दै धरानले उपाधि जितेको हो ।
प्रतियोगितामा धरानले जितका लागि इलाममाथि ४–१ गोल गरेको थियो । खेल प्रचारप्रसार संयोजक दिनेश लिङखिमका अनुसार उपाधि जितसँगै धरानको गोधुली फुटबल क्लबले तीन लाख दुई हजार ८१ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको रेड डेभिल्सले एक लाख ५१ हजार ८१ रुपियाँ नगदसँँगै ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।
विजेता टोलीलाई जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । लिम्बू समुदायको साँस्कृतिक पर्व चासोक तङ्नामको अवसरम चासोक तङ्नाम सञ्चालन समिति, कञ्चनजङ्घा फुङ्लिङ क्लब र ङावोरक सङ्जुम्भो फुङ्लेङले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेका हुन् ।
गएको शनिबार सुरु भएको प्रतियोगितामा भारत, सिलिगुढीको कञ्चनजङ्घा फुटबल क्लबसहित आठ टोली सहभागी जनाएको आयोजकले जनाएको छ । खेल भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चाालन गरिएको थियो ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo