असार ३० गते २०८२
12:12: AM
असार ३० गते २०८२
12:12: AM

रेड डेभिल्स इलाम कञ्चनजङ्घा गोल्डकपको फाइनलमा

मंसिर २० गते २०८१
5:42 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङमा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगिताको रोमाञ्चक सेमिफाइनल खेलमा रेड डेभिल्स मजोमाई इलामले स्थान सुरक्षित गर्दै फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको खेलमा इलामले न्यू स्टार क्लब बिर्तामोड, झापालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्‍यो।

निर्धारित समयभर दुबै टोलीको उत्कृष्ट प्रदर्शन भए पनि खेल गोलरहित बराबरीमा रोकिएको थियो। पेनाल्टीमा इलामका गोलकिपर सुजन फागोको निर्णायक प्रदर्शनले टोलीलाई विजय दिलायो। आयोजकका अनुसार फागो ‘म्यान अफ दि म्याच’ घोषित भए, जसले नगद ५,००० रुपैयाँ पुरस्कार जिते।

शनिबार हुने फाइनलमा इलामको प्रतिस्पर्धा गोधुली क्लब धरानसँग हुनेछ। धरानले बुधबारको सेमिफाइनलमा तेह्रथुमको सम्दु फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–२ गोलले पराजित गर्दै फाइनल स्थान पक्का गरेको थियो।

सांस्कृतिक महत्त्वको खेलकुद उत्सव

कञ्चनजङ्घा गोल्डकप लिम्बू समुदायको चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा आयोजित छ। आयोजक चासोक तङ्नाम सञ्चालन समितिका संयोजक चन्द्रकुमार थेबेका अनुसार यस प्रतियोगिताले खेलकुद प्रवर्द्धनसँगै समुदायबीचको सद्भाव र सांस्कृतिक सम्पदाको प्रचारमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

पुरस्कारको आकर्षण

फाइनल खेलका विजेताले ट्रफीसहित तीन लाख दुई हजार ८१ रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्, जबकि उपविजेताले एक लाख ५१ हजार ८१ रुपियाँ नगद पाउनेछन्।

यो खेलकुद प्रतियोगिता चासोक तङ्नाम पर्वलाई अझ विशेष बनाउँदै, खेलप्रेमीहरूलाई मनोरञ्जन र समुदायबीचको एकताको सन्देश प्रदान गरिरहेको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo